जेठ मसान्तसम्म नेपालमा साढे २८ करोड रुपैयाँ हाराहारीको स्मार्ट वाच आयात

Technology Khabar १० असार २०८२, मंगलवार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको एघारौं महिना २०८२ जेठसम्म २८ करोड ४४ लाख ९१ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ जेठ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २८ करोड ४४ लाख ९१ हजार बराबरको १ लाख ६८ हजार ८३६ थान स्मार्ट वाच आयात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्ममा नेपालमा २५ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी २६ ठाउँबाट  स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख ४७ हजार ७५२ थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य २१ करोड १६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ३ करोड ३६ लाख ४७ हजार बराबरको १९ हजार ३३९ थान र भियतनामबाट ३ करोड ६५ लाख ९६ हजार बराबरको १ हजार २३६ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं संदेशविवरणरकम (हजारमा)
चीन१४७७५२२११६४८
भारत१९३३९३३६४७
भियतनाम१२३६३६५९६
जर्मनी७९१०९
यूएई४४३१०
अमेरिका५०४२३
कतार५३२५
हङकङ४७४११
अस्ट्रेलिया२८२६३
१०इजरायल१६१२
११भानुआटु१०१०
१२कुवेत१०५४८
१३दक्षिण कोरिया३१६४७

यसबाहेक साउदी अरेबियाबाट ४ हजार बराबरको १३ थान, थाइल्याण्डबाट ९४ हजारको ८ थान,  जापान, माल्दिभ्स, उज्बेकिस्तान र सिंगापुरबाट क्रमश: ४४ हजार, १ हजार र ४६ हजार बराबरका समान ३-३ थान स्मार्टफोन आएको छ।

यस्तै बेलायत, स्विजरल्याण्ड, श्रीलंका, नर्वे तथा मलेसियाबाट क्रमश: २ हजार, १ लाख २ हजार, ३-३ हजार बराबरको समान २-२ थानका साथै  र बेल्जियम तथा नाम नखुलेको एक क्षेत्रबाट समान १-१ थान स्मार्ट वाच आयात भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया