Technology Khabar १० असार २०८२, मंगलवार
काठमाडौं ।
मिडियाटेकले सन् २०२४ को डिसेम्बरमा रिलिज भएको डाइमेन्सिटी ८४०० को प्रत्यक्ष उत्तराधिकारीको रुपमा नयाँ डाइमेन्सिटी ८४५० को घोषणा गरेको छ। नयाँ डाइमेन्सिटी ८४५० मा न्यूनतम अपग्रेडहरू समावेश गरिएको र कम्पनीले प्रायः अण्डर–द–हुड परिवर्तनहरू प्रस्तुत गरेको उल्लेख छ। त्यसैगरी हाल ओप्पो रेनो१४ प्रोले यो सिलिकन चलाइरहेको छ।
टीएसएमसीको दोस्रो पुस्ताको ४लएम नोडमा आधारित डाइमेन्सिटी ८४५० मा १ह कोर्टेक्स–एक्स४ कोर ३.२५ गीगाहर्जमा टिकिङ गरिएको छ भने ३ह कोर्टेक्स–ए७२० कोर ३.० गीगाहर्ज मा चलिरहेको र ४ह कोर्टेक्स–ए५२० कोर २.१ गीगाहर्जमा क्लक गरिएको छ। यसको जीपीयू माली–जी७२० एमसी७ मा ७ कोरहरुसहित यो १३०० मेगाहर्जमा क्लक गरिएको छ। साथै यसको पूर्ववर्तीमा डाइमेन्सिटी ८४०० पनि उही हार्डवेयरमा चल्ने उल्लेख गरिएको छ।
यद्यपि, नयाँ चिपसेटले गेमिङ र आईएसपी अप्टिमाइजेसनहरू वोस्ट गरेको जनाइएको छ। उदाहरणका लागि, अब जीपीयूले प्रयोग गर्ने स्टारस्पीड इन्जिनले रियल–वर्ल्ड गेमिङ सुधार गर्दछ भने सुधारिएको आईएसपीमा लाइभ–स्ट्रिम अप्टिमाइजेसनहरू रहेका छन्। साथै आईएसपी जिरो–ल्याग एचडीआर इमेजिङको साथ ३२० मेगापिक्सेल सेन्सरहरू ह्यान्डल गर्न सक्षम भएको बताइएको छ। एनपीयू ८८० ले एजेन्टिक एआई इन्जिन प्राप्त गरेको छ जसले अन–डिभाइस जेनएआई र एलएलएम वर्कलोडहरूको लागि समर्थनलाई अनुमति दिनेछ।
यसबाहेक, डाइमेन्सिटी ८४५० को फाइभजी मोडेमले ऊर्जा खपत कम गर्न नयाँ पावर–सेभिङङसुविधा, अल्ट्रासेभ३.०+ प्राप्त गरेको छ।
आगामी हप्ता र महिनाहरूमा अपर मिड–रेञ्ज (माथिल्लो मध्य–दायरा) फोनहरूमा यो नयाँ चिप देखा पर्न सुरु गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १० असार २०८२, मंगलवार