प्रविधिको प्रयोगमार्फत जनसेवामा सुधार ल्याउन सकिन्छ: महामन्त्री थापा

  • Technology Khabar | ९ असार २०८२, सोमबार
प्रविधिको प्रयोगमार्फत जनसेवामा सुधार ल्याउन सकिन्छ: महामन्त्री थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले प्रविधिको प्रयोगमार्फत जनसेवामा सुधार ल्याउन सकिने बताएका छन्।

हुलाक सञ्चारको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै महामन्त्री थापाले भने, ‘राज्यप्रति नागरिकको विश्वास बढाउने उपाय भनेकै सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउनु हो।’

उनले जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिका लागि पनि प्रविधिको उच्चतम प्रयोग अत्यन्त उपयोगी हुने धारणा राखे।

उनले राज्यले दिने सेवा–सुविधा लिन लामो समय लाइन बस्नुपर्ने अवस्थाबाट जनता आजित बनेको बताए। राज्यका सेवा लिन ‘या त लाइन बस्नुपर्छ, या त चिनजानको मान्छे चाहिन्छ’ भन्ने बाध्यता अझै कायम रहनु दुःखद भएको टिप्पणी गरे।

उनले भने, ‘अहिले आम नागरिकलाई सरकारसँग सबैभन्दा बढी झोक लाग्ने कुरा भनेको लाइन बस्नुपर्ने बाध्यता हो। राज्यसँग जहाँ भेट भयो, त्यहीँ रिस उठ्छ। यस्तो अवस्था अन्त्य गर्न राज्यसँग भेट नै नहुने, या भए पनि भौतिक रुपमा नभई प्रविधिको प्रयोगमार्फत् भेट हुने वातावरण बनाइनुपर्छ।’

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ९ असार २०८२, सोमबार