च्याटजीपीटीले आलोचनात्मक रुपमा सोच्ने क्षमतालाई हानि पुर्याइरहेको हुन सक्ने अध्ययनको खुलासा

Technology Khabar ९ असार २०८२, सोमबार

च्याटजीपीटीले आलोचनात्मक रुपमा सोच्ने क्षमतालाई हानि पुर्याइरहेको हुन सक्ने अध्ययनको खुलासा
(सांकेतिक तस्बिर)

काठमाडौं ।

एमआईटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक नयाँ अध्ययनले ओपनएआईको च्याटजीपीटी प्रयोग गर्नाले मस्तिष्कको आलोचनात्मक रुपमा सोच्न सक्ने क्षमतमलाई नकारात्मक असर पर्न सक्ने पत्ता लगाएको छ।

अन्वेषकहरूले ५४ विद्यार्थीहरूलाई तीन फरक समूहमा विभाजन गर्दै उनीहरूलाई च्याटजीपीटी प्रयोग गरेर निबन्ध लेख्न भनेका थिए।

इलेक्ट्रोएन्सेफालोग्राम (EEGs) प्रयोग गरेर, अन्वेषकहरूले प्रत्येक सहभागीको मस्तिष्क गतिविधि रेकर्ड गर्दा च्याटजीपीटी प्रयोगकर्ताहरूको मस्तिष्क संलग्नता सबैभन्दा कम भएको र “न्युरल, भाषिक र व्यवहारिक स्तरहरूमा लगातार खराब प्रदर्शन गरेको” पत्ता लगाए छन्।

अध्ययनले धेरै महिनाको अवधिमा, च्याटजीपीटी प्रयोग गर्ने मानिसहरूले एआई सफ्टवेयरमा प्रम्प्ट टाइप गर्नु र यसलाई सबै काम गर्न दिनु भन्दा निबन्ध लेख्नमा उल्लेखनीय रूपमा कम प्रयास लागेको/गरेको पत्ता लगाएको छ।

साथै च्याटजीपीटी प्रयोगकर्ताहरूले उनीहरूलाई दिइएको निबन्धहरूबारे कम जानकारी भएको थाहा हुन आएको छ।

अन्वेषकहरूका अनुसार, एआई प्रणालीहरूमा निरन्तर निर्भरताले सोचलाई निहित संज्ञानात्मक प्रक्रियाहरूलाई क्षति पुर्याउन सक्ने विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया