आईफोन १८ प्रो र प्रो म्याक्समा अण्डर–डिस्प्ले फेस आईडी मोड्युल्स हुने लीकस्टरको दाबी

  • Technology Khabar | ६ असार २०८२, शुक्रबार
आईफोन १८ प्रो र प्रो म्याक्समा अण्डर–डिस्प्ले फेस आईडी मोड्युल्स हुने लीकस्टरको दाबी

काठमाडौं ।

आईफोन १७ पुस्तामा म्याक्स मोडेलले केही मेटालेन्स प्रविधिको कारणले सानो डायनामिक आइल्याण्ड समावेश गर्ने अफवाहहरु सुन्नमा आएका छन्। त्यसैले यस वर्ष डायनामिक आइल्याण्ड देखिने दाबी गरिएको छ।

अर्को वर्षको आईफोन १८ प्रो सिरिजको साथ भने परिवर्तनको थालनी गरिने चीनको नियमित वेइबो लीकस्टर अकाउण्ट डिजिटल च्याट स्टेशनले रिपोर्ट गरेको छ।

आईफोन १८ प्रो र प्रो म्याक्समा क्रमशः ६.२७ इन्च र ६.८६ इन्चको ओएलईडी डिस्प्लेहरू हुनेछन्। ती १.५के रिजोल्युसन भएका एलटीपीओ प्यानलहरू हुनेछन् भने सेल्फी क्यामरा र अण्डर–डिस्प्ले फेस आईडी प्रणालीको लागि एचआईएए प्रविधि प्रयोग गर्ने उल्लेख गरिएको छ।

“होल–इन–एक्टिभ–एरिया” (वा एचआईएए) भनेको परिचित पञ्च होल डिजाइन हो जसले डिस्प्लेको पिक्सेल म्याट्रिक्सको भाग हटाउँछ र क्लियर भ्यू (स्पष्ट दृश्य) मुनि क्यामरा लेन्सको लागि ठाउँ प्रदान गर्दछ।

हाल फेस आईडी सार्ने प्रविधि भने अझै सम्म पनि राम्रोसँग स्थापित नभएको उल्लेख गरिएको छ। फेस आईडी भनेको प्रोजेक्टर (जसले इन्फ्रारेड लाइटको ढाँचालाई प्रसारण गर्छ), फ्लड इल्युमिनेटर (इन्फ्रारेडमा पनि काम गर्छ) र क्यामरा (इन्फ्रारेड लाइट हेर्नको लागि) को संयोजन हो।

यो इन्फ्रारेडको लागि नभइ भिजिबल लाइटको लागि अप्टिमाइज गरिएको हुनाले यसले हालको अण्डर डिस्प्ले क्यामरा प्रविधिसँग काम गर्न वा नगर्न सक्ने सम्भावनाको उल्लेख गरिएको छ। यद्यपि एप्पलले यो समस्या समाधान गरेको र कम्पनीले पहिले नै प्रोटोटाइपहरू परीक्षण गरिरहेको दाबी गरिएको छ।

यस्तो कदमको बारेमा आईफोन १५ पुस्तादेखि नै लामो समयदेखि हल्ला चल्दै आइरहेको छ। आईफोन १७ पुस्ता सहित पछिल्ला मोडेलहरूको लागि यस्तै रिपोर्टहरू पनि देखा परेका थिए। तर यो अर्को वर्ष भन्दा अघि नआउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार