इनड्राइभ नेपालले चालकहरुका लागि ल्यायो “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन

Technology Khabar ६ असार २०८२, शुक्रबार

इनड्राइभ नेपालले चालकहरुका लागि ल्यायो “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन

काठमाडौं ।

इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ। अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको जानकारी दिएको छ।

इनड्राइभको यो क्याम्पेनमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन्।

कम्पनीकाअनुसार, जून १६ देखि जून २२, २०२५ सम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । जुन २३, २०२५ देखि, इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्, प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।

जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ।

क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरि डिजाइन गरिएको छ, प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिने जानकारी दिएको छ।

क्याम्पेनका पुरस्कारहरूमा टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज), टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज), स्मार्टफोनः १५ ओटा, स्मार्टवाचः ३० ओटा, इयरबड्सः ३० ओटा तथा साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड) रहेको जनाएको छ।

इनड्राइभले जुलाई १७मा ग्रान्ड प्राइज विजेताहरूको घोषणा गर्ने भएको छ।

रिजिनल ड्राईभर ओपरेसन टिम लिडर– साउथ एशिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले क्याम्पेनको बारेमा भने, “चालकहरू इनड्राइभको सफलताको जग हुन, र उनीहरूको सहभागिता हाम्रो मिशनको लागि महतव्पूर्ण रहेको छ । यो अभियान उनीहरूको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विषेश सम्मान देखाउने हाम्रो प्रयास हो । हाम्रा चालकहरूलाई समर्थन गरेर, हामी सामूहिक रूपमा सम्पूर्ण इनड्राइभ इकोसिस्टमलाई बलियो बनाउन कटिबद्ध छौं ।“

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “हामीले हाम्रा ड्राइभर पार्टनर्सका लागि राम्रो र वृहत अभियानको वाचा गरेझैं, हामी यहाँ एक मेगा गिभअवेको साथ आएका छौं । यो चालकहरुको अविश्वसनीय कडा परिश्रम, अटल समर्पण, र सेवा गरिरहनुभएको कार्यलाई मनाउने हाम्रो तरिका हो । तपाईंले गर्ने प्रत्येक राइडले उत्कृष्ट सेवा र सुरक्षाप्रति तपाईंको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अब समय आएको छ तपाईंहरूको योगदानको कदर गर्ने । त्यसैले, राइड सुरु गर्नुहोस र मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो मौका नगुमाउनुहोस् ।”

Sajilo Visa

प्रकाशित: ६ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार