Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले भोलि शुक्रबार एनपीनोग-११ कार्यशाला आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ।
यस कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ।
एनपीनोग इन्टरनेट सेवा प्रदायक र सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाहरुको समूह हो। यसको उदेश्य नेपालको इन्टरनेट समुदायबिच समन्वय र सहकार्य अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नुरहेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार