एप्पलको क्रान्तिको योजना, आईफोन २० पूर्ण रूपमा सिसाबाट बनाइने 

Technology Khabar ५ असार २०८२, बिहीबार

काठमाडौं ।

एप्पलको आईफोन २० पूर्ण रूपमा सिसाबाट बनाइने भएको छ। डिजाइन फर्मका स्रोतहरूलाई उद्धृत गर्दै न्यूज एग्रीगेटर युक्स११२२ ले नयाँ आईफोन २० डिजाइनको बारेमा विवरण साझा गरेको हो।

एप्पलले डिस्प्ले मुनि फेस आईडी सेन्सर र फ्रन्ट–फेसिङ क्यामरा लुकाएर ट्रु “एज–टु–एज” स्क्रिन अनुभव प्रदान गर्ने योजना बनाएको गर्मनले बताएका छन्।

यो परिवर्तनतर्फ पहिलो चरण आईफोन १८ प्रोको साथ थालनि हुने अपेक्षा गरिएको छ जसले स्क्रिन मुनि सबै फेस आईडी सेन्सरहरू लुकाउने र अगाडिको क्यामरा मात्र देख्न सकिने बताइएको छ।

सन् २०२७ सम्ममा, एप्पलले यी सबै सेन्सरहरू लुकाउने अपेक्षा गरिएको छ। साथै एप्पलले यो सँगै अन्ततः केही वर्ष पहिले आईफोन एक्सको साथ पहिलो पटक परिकल्पना गरिएको लक्ष्य हासिल गर्ने भएको उल्लेख गरिएको छ।

आईफोन २० मा एक मोनोलिथिक डिजाइन हुनुका साथै डिभाइसलाई पूर्ण रूपमा सिसाले बनेको “सिङ्गल युनिट” को रूपमा वर्णन गरिने युक्स११२२ ले दाबी गरेको छ।

डिभाइसको अगाडि र पछाडिको भागलाई छुट्टाछुट्टै भागको रूपमा नभइ निरन्तर र एकल डिजाइनको भागको रूपमा लिइने जानकारीका थप उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलले धेरै आन्तरिक र बाह्य कम्पोनेन्टहरूलाई केही प्रमुख भागहरूमा एकीकृत गर्न सक्ने विश्वास व्यक्त गरिएको छ जसले वातावरणमैत्री उत्पादन प्रक्रियामा योगदान पुर्याउन सक्छ।

एप्पलले सन् २०३० सम्ममा कार्बन तटस्थ बन्ने लक्ष्य राखेको हुनाले यसका धेरै उत्पादनहरूले चाँडै नै यो मापदण्ड पूरा गर्नुपर्नेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया