
काठमाडौं ।
इन्स्टाग्रामले नयाँ रिपोस्ट सुविधाको परीक्षण गरिरहेको छ। सामाजिक सञ्जाल नेटवर्कले हाल प्रयोगकर्ताहरूलाई सामग्री पुनः पोस्ट गर्ने अवसर दिने परीक्षण चलिरहेको टेकक्रन्चले रिपोर्ट गरेको छ।
हालको सुविधा परीक्षण युजर्स (प्रयोगकर्ताको) फिडमा नयाँ पोस्टको रूपमा देखा पर्ने कन्टेन्ट (सामग्री), पोस्टलाई रिसेयरिङ्ग (पुनः साझेदारी) गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ। प्लेटफर्मले यसअघि नै कसैको स्टोरिमा पोस्ट सेयर (साझा) गर्ने सुविधा प्रदान गरिसकेको छ। तर यो पोस्ट–टु–पोस्ट रिपोस्ट भने उपलब्ध अन्तरक्रियाहरूमा नयाँ थप हुने जनाइएको छ।
मेटाका एक प्रतिनिधिले परीक्षणहरू भइरहेको पुष्टि गरे पनि अन्य अतिरिक्त टिप्पणीहरूको बारेमा थप उल्लेख गर्न अस्वीकार गरेको बताइएको छ।
इन्स्टाग्रामले सन् २०२२ मा पनि यस्तै प्रकारको सुविधाको परीक्षण गरेको थियो भने सन् २०१७ मा पनि रिपोस्ट बटनको परीक्षण गरेको थियो।
कम्पनीले अन्य सामाजिक सञ्जालहरूमा पहिले नै राम्रोसँग स्थापित भएको विचारमा धेरै प्रयासहरू गरेको कुरालाई ध्यानमा राख्दै प्लेटफर्मले फेरि एक पटक यो विचारलाई पुनः प्रयोग गर्नु अचम्मको कुरा भएको उल्लेख गरिएको छ।
पोस्ट, स्टोरिज, रिल्स र डीएमहरू बीच, इन्स्टाग्राममा पहिलेदेखि नै धेरै अद्वितीय सामग्री प्रकारहरू उपलब्ध छन्। एकातिर, चाहे तपाईंको आफ्नै खातामा होस् वा अर्को खाताको फिडमा होस्, कन्टेन्ट सेयर (सामग्री साझा) गर्ने र रिसर्फेस (पुनः प्रस्तुत) गर्ने धेरै तरिकाहरू उपलब्ध छन्। अर्कोतर्फ, कुन सामग्री कुन ढाँचामा साझेदारी गर्न सकिन्छ भन्ने बारे फरक नियमहरू हुनुले प्रयोगकर्ताहरूलाई भ्रमित परिस्थितिहरूमा पार्न सक्छ भनी इनग्याजेटले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार