एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरु

  • Technology Khabar | ४ असार २०८२, बुधबार
एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरु

काठमाडौं ।

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आयोजना गर्दैछ।

यो वर्कशपमा देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरुले विषेश प्रशिक्षण दिने एनसेलले जनाएको छ।

कन्टेन्ट क्रियसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले सुरू गरेको यस अभियानको ग्राण्ड फिनाले असार २७ गते हुँदैछ । प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउनेछन्।

उत्कृष्ट एक क्रिएटरले पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छ। अभियान संचालनको तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरुले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरशीप दिन तयारी गरिरेहका छन्।

सहभागी प्रतियोगिहरुलाई चर्चित क्रिएटरहरू तथा यो अभियानका मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन गर्नेछन्।

मेन्टर वर्कशपका दौरान उनीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति र अधिकतम प्रभावका लागि उपयुक्त व्यवहारलगायतका बारेमा प्रशिक्षण दिने जनाएको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...