Technology Khabar ४ असार २०८२, बुधबार
काठमाडौं ।
विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ।
कम्पनीका अनुसार त्यसै महिनामा ३१,४८८ वटा एनईभी बिक्री भएको जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी रहेको कम्पनीको भनाई छ।
कम्पनीका अनुसार चोंगकिंग लियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले ह्वावेसँगको सहकार्यमार्फत चीनको एनईभी बजारमा बलियो उपस्थिति बनाएको छ।
यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। एम९ ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको एम९ को सार्वजनिक वितरण र अप्रिलमा एम८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।
बिक्रीको तथ्यांक अनुसार जनवरीमा बिक्री १२,४८३ युनिट थियो जुन मार्चमा घटेर ५,२३६मा झर्यो। तर एम९ को२०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।
‘अप्रिल १६ मा सार्वजनिक गरिएको एम८, एम७ र एम९ को बीचको मोडल हो र यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ।
लाईडार प्रविधि र हार्मोनीओएस ककपिटजस्ता उच्चस्तरीय सुविधा भएको यो मोडेल ले एम९ भन्दा करिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी र स्मार्ट फिचरहरू प्रदान गर्ने कम्पनीको दावी छ।
सार्वजनिक भएको केही साताभित्रै यसले ७०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउने उसको बुझाई छ।
सेरेसको सन् २०२४को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले २०२४मा ४,२६,८८५ वटा एनईभी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिने बताइएको छ।
प्रकाशित: ४ असार २०८२, बुधबार