पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउनका लागि साइबर ब्युरोको सार्वजनिक सूचना

Technology Khabar ३ असार २०८२, मंगलवार

पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउनका लागि साइबर ब्युरोको सार्वजनिक सूचना
तस्बिरः दिल भुषण पाठकको फेसबुकबाट।

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउनका लागि भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीको आधारमा सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुनका लागि सूचनामा भनिएको छ।

यसअघि, ब्युरोले जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट दिलभूषणका विरूद्ध पक्राउ पुर्जी लिएको उल्लेख गर्दै हाजिर हुन भनेको हो। पाठकले सो आदेशका विरुद्धमा उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए।

उच्च अदालतले त्यसमा सुनुवाई गर्दै दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले आदेश गरेको थियो।

ब्यूरोको वेबसाइटमा प्रकाशित सूचनाअनुसार पाठकलाई नजिकको प्रहरी कार्यालय वा ब्यूरोमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ।

साइबर ब्यूरोले यसअघि आरोपीलाई उजुरीको आधारमा अदालतको पक्राउ आदेशपछि सिधै पक्राउ गर्ने गरेको थियो र यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया