टिकटकको अमेरिकी सम्पत्ति बेच्ने समयसीमा पुन: लम्ब्याउने योजनामा राष्ट्रपति ट्रम्प

  • Technology Khabar | ३ असार २०८२, मंगलवार
टिकटकको अमेरिकी सम्पत्ति बेच्ने समयसीमा पुन: लम्ब्याउने योजनामा राष्ट्रपति ट्रम्प
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चीनमा आधारित कम्पनी बाइटडान्सलाई छोटो भिडियो एप टिकटकका अमेरिकी सम्पत्ति बेच्नको लागि तोकिएको समयसीमा लम्ब्याउने सम्भावना रहेको बताएका छन्।

राष्ट्रपतिले मे महिनामा २०२४ को चुनावमा युवापुस्ताबाट आफूलाई सहयोग पुगेको भन्दै उनले जुन १९ को समयसीमा लम्ब्याउने बताएका थिए। मंगलबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पुनः त्यही धारणा दोहोर्याए।

“सम्भवतः, हो,” ट्रम्पले समयसीमा लम्ब्याउने बारे सोधिएको प्रश्नमा भने। “सायद चीनको स्वीकृति लिनुपर्ला, तर मलाई लाग्छ हामी पाउनेछौं। मलाई लाग्छ राष्ट्रपति सीले अन्ततः स्वीकृति दिनेछन्।”

 

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...