सामाजिक सञ्जालमा अपशब्द बोल्दै नकारात्मक धारणा फैलाउने व्यक्ति पक्राऊ

Technology Khabar ३ असार २०८२, मंगलवार

सामाजिक सञ्जालमा अपशब्द बोल्दै नकारात्मक धारणा फैलाउने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक व्यक्तिलाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा बाग्लुङ जिल्ला, निसिखोला गाउँपालिका वडा नं. ४ ठेगाना भएका ३६ वर्षीय ड्राइभर पेशा गर्ने रेशम भन्ने रेशम राज पौडेल रहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीको सहयोगमा हिजो असार २ गते नेपालगन्जको रूपैडियाबाट पक्राऊ गरिएको हो।

पौडेलले विभिन्न सामाजिक सञ्जाल तथा यूट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरी, नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको प्रहरीको भनाई छ।

पक्राऊ परेका पौडेलमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको आदेशले दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।

यस्तै प्रकारको सामाजिक सञ्जालमा जथाभावी बोलेको भन्दै सरकारले टिकटकर रमा बस्नेतलाई दुई दिनअघि पक्राऊ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

साइबर अपराधको कसूरमा टिकटकर रमा बस्नेत पक्राउ

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया