आज राति १ घण्टा टेलिकमको रिचार्ज, ब्यालेन्स क्वेरी तथा प्याकेज सबस्क्रिप्शन सेवा नचल्ने

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

आज राति १ घण्टा टेलिकमको रिचार्ज, ब्यालेन्स क्वेरी तथा प्याकेज सबस्क्रिप्शन सेवा बन्द हुने भएको छ।

टेलिकमले आज एक सूचना प्रकाशित गरी ‘ग्राहक सेवा प्रणालीको नियमित मर्मत सम्बन्धि कार्यका लागि आज असार ३ गते राति ११:५५ बजे देखि करिब १ घण्टा रिचार्ज, ब्यालेन्स क्वेरी तथा प्याकेज सबस्क्रिप्शन लगायतका सेवाहरू बन्द हुन सक्ने जानकारी गराएको हो।

‘उक्त समयमा भ्वाइस/एसएमएस/डाटा/आईपीटीभी सेवा यथावत सञ्चालन हुने व्यहोरा समेत सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया