नेपाल पर्यटन बोर्डले एआई निर्मित फोटो राखेर चीनमा पर्यटन प्रवर्धन गरेकोमा सामाजिक सञ्जालमा चर्को आलोचना

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

हालै नेपाल पर्यटन बोर्डले चीनमा पयर्टन प्रवर्धनको क्रममा एआइ निर्मित फोटो प्रयोग गरेर उल्टो बदनाम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

बोर्डले हालै नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्षको अवसरमा पर्यटन प्रवर्धनका लागि बेइजिङ्मा कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा देखाइएको फोटो मौलिक नभई एआई मार्फत् सिर्जना गरिएको थियो।

यसपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन्। विशेषगरी अल्छी कुटनीतिक शैली उजागर भएको र यसले नेपालको सार्वभौमिकतालाई मौलिकतासँग प्रतिबिम्बित गर्न असफल भएको लगायतका नकारात्मक टिप्पणीहरु नै रहेका छन्। यसबाहेक चिनियाँका लागि अङ्रेजी भाषा प्रयोग गरेको, गलत ढंगले व्यापारिक संस्थाको प्रचार गरेको लगायतका आरोपहरु पनि लगाइएका छन्।

@anekarebeccaraj ह्याण्डलबाट अरनिको फाउण्डेशनकी सह संस्थापक एनेकाले ट्विटरमा लेखेकी छिन्, ‘आज साँझ बेइजिङमा भएको पर्यटन प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्डको प्रस्तुति देखेर निराश लाग्यो। धेरै कुरामध्ये एक थियो यो एआईले बनाएको तस्वीर—न त यसमा कुनै सिर्जनशीलता छ, न अर्थ, न मेहनत नै।’

बोर्डको वेबसाइटमा कर्मचारीको विवरण, पोर्टफोलियो वा सांगठनिक संरचना भेटिँदैन। सम्पर्कका लागि एउटा फोन नम्बर उपलब्ध छ।

सोही फोन नम्बरमार्फत् यसबारेमा बुझ्दा बोर्डमा यसअघि मनिराज लामिछाने सूचना अधिकारीका रुपमा रहेको र दुई महिनाअघि उनी पोखरा सरुवा भएकोले हाल सूचना अधिकारीको रुपमा अरु कसैले काम नगर्ने गरेको जानकारी प्राप्त भयो।

सामाजिक सञ्जालका हकमा टुरिजम बोर्ड वीच्याटमा मात्र उपलब्ध भएको र २ सयभन्दा कम आटिकलहरु हेरिएको उल्लेख छ। तीमध्ये यी लेखहरुमा सब्स्क्रिप्शन गर्न लोभ्याउने खालका तथ्यहरु नभई सतही रुपमा जानकारी राखिएका उनले लेखेकी छिन्।

उनकै अर्को ट्विटमा भाषा अनुवाद नगरिएका र अङ्रेजीमा अल्छी पारामा गरिएको प्रस्तुतिले लक्षित वर्ष चिनियाँ भएको कार्यक्रममा कुनै ओचित्य नदेखिएको लेखेकी छिन्।

उनको ट्विटमा यस्ता रिप्लाइ पनि छन्:

 

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया