चीनको अटोमोटिभ जायन्ट जीएसी ग्रुपले अनावरण गर्यो उड्ने कार ‘एयरक्याब’

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

चीनको अटोमोटिभ ग्रुप जीएसी समूहको इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (ईभीटीओएल -eVTOL) ब्रान्ड गोभीले आफ्नो नयाँ फ्लाइङ कार, एयरक्याब अनावरण गरेको छ।

गोभीले गत साता हङकङ अटो शोमा एयरक्याब अनावरण गर्यो र यसको पूर्व-बिक्री सुरु गर्यो, जसको आधिकारिक गाइड मूल्य १.६८ मिलियन चिनियाँ युआन (२ लाख ३३ हजार ९०० अमेरिकी डलर) भन्दा बढी नहुने सीएनइभीपोस्टले रिपोर्ट गरेको छ।

जीएसी द्वारा इन-हाउस विकास गरिएको गोभी एयरक्याब ठूलो मात्रामा उत्पादनको लागि तयार रहेको अटोमोटिभ जायन्टले भन्यो।

इभीटीओएलको फ्युजलेज ९० प्रतिशतभन्दा बढी कार्बन फाइबर कम्पोजिट सामग्रीबाट बनेको छ। जीएसीका अनुसार यसमा दुई सिटहरू छन् र लेभल फोर स्वायत्त ड्राइभिङलाई समर्थन गर्दछ।

यो २५ मिनेटमा चार्ज गर्न सक्षम उच्च-घनत्व बेलनाकार ब्याट्रीहरूले सुसज्जित छ। तर जीएसीले प्रति चार्जको दायरा खुलासा गरेन।

गोभी एयरक्याब कम उचाइको पर्यटकिय गतिबिधिको लागि प्रयोग गरिनेछ र यस वर्ष ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरियामा प्रदर्शन सञ्चालन सुरु गर्ने जीएसीको उडान कार अनुसन्धान तथा विकास र गोभी ब्रान्डका प्रमुख सु क्विङपेङले बताए।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया