रेडिटद्वारा प्रयोगकर्ता छलफलहरूमा ब्रान्डहरूलाई ट्याप गर्न मद्दत गर्ने एआई–संचालित विज्ञापन उपकरणहरू अनावरण

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

रेडिटले सोमबार दुई नयाँ एआई–सञ्चालित विज्ञापन सुविधाहरू लन्च गरेको छ। प्लेटफर्ममा युजर कन्भर्सेसन ट्याप गरेर ब्राण्डहरूमा अझै बढी संलग्नता बढाउन मद्दत गर्नु यसको उद्देश्य भएको कम्पनीले बताएको छ।

कम्पनीको एआई–सञ्चालित टुल “रेडिट इनसाइट्स” ले प्लेटफर्ममा ट्रेण्ड (प्रवृत्तिहरू) पहिचान गरी अभियान विचारहरू परीक्षण गरेर अभियान योजनाको लागि मार्केटरहरूलाई रियल–टाइम इनसाइट्स (वास्तविक–समय अन्तर्दृष्टि) प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

त्यसैगरी यसले “कन्भर्सेसन समरी एड–अन” नामक सुविधा पनि प्रदान गर्ने भएको छ। यस सुविधाले ब्राण्डहरूलाई विज्ञापन विषयको बारेमा के सोच्छन् भनेर देखाउनका लागि विज्ञापनहरू अन्तर्गत “सकारात्मक” प्रयोगकर्ता टिप्पणीहरू एकीकृत गर्न अनुमति दिनेछ।

रेडिट, स्न्याप र पिन्टेरेस्ट जस्ता प्लेटफर्महरूले आर्थिक अनिश्चितताहरूको बीचमा तीव्र प्रतिस्पर्धी विज्ञापन बजारमा मार्केटरहरूलाई आकर्षित गर्न एआई–सञ्चालित विज्ञापन लक्षित उपकरणहरूमा झुकाव राखेका छन्।

डब्ल्यूपीपी मिडियाले अमेरिकी व्यापार नीतिहरू परिवर्तन गर्ने सम्बन्धित अनिश्चितताहरूको कारणले गर्दा विश्वव्यापी विज्ञापन राजस्व वृद्धिको लागि आफ्नो पूर्वानुमानलाई ७.७ प्रतिशतको पूर्व लक्ष्यबाट ६ प्रतिशतमा कटौती गरेपछि रेडिटको यो घोषणा आएको उल्लेख गरिएको छ।

ब्रान्डहरूले लचिलो विज्ञापन सम्झौताहरूलाई प्राथमिकता दिने र विज्ञापन उत्पादन र प्रयोगकर्ता लक्षितीकरणमा एआई उपकरणहरूको प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको विज्ञापन समूह डब्ल्यूपीपीको मिडिया लगानी शाखाले गत हप्ता उल्लेख गरेको छ।

गत महिना, रेडिटले दोस्रो त्रैमासिकको लागि वाल स्ट्रिटको अनुमानभन्दा माथिको राजस्वको पूर्वानुमान गरेको बताइएको छ। सीईओ स्टीभ हफम्यानले भने कम्पनीले गुगल सर्चबाट ट्राफिकमा केही अवरोधको अपेक्षा गरेको बताएका छन्।

यसबाहेक रेडिटले मार्चमा लन्च गरेको नयाँ कन्टेन्ट मोडरेसन र एनालिटिक्स टुल्सले मानिसहरूलाई समुदाय नियमहरू पालना गर्न र कन्टेन्ट पर्फमेन्सलाई राम्रोसँग बुझ्न मद्दत गर्नु यसको उद्देश्य भएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया