मेटा प्लेटफर्म्सले अरुण श्रीनिवासनलाई तोक्यो भारतका लागि प्रबन्ध निर्देशक

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

मेटा प्लेटफर्म्सले सोमबार अरुण श्रीनिवासलाई भारतका लागि मेटाको प्रबन्ध निर्देशक तथा प्रमुखको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ। यो नियुक्ति जुलाई १ देखि प्रभावकारी हुने बताइएको छ।

लिङ्क्डइन प्रोफाइल अनुसार श्रीनिवास हाल प्रविधि क्षेत्रको यो विशाल कम्पनीको भारतस्थित विज्ञापन व्यवसायको नेतृत्व गरिरहेका छन्। उनी मेटा र भारतीय निकायबीच कम्पनीका प्रतिस्पर्धा विरोधी अभ्यासहरूलाई लिएर विवाद चर्किएको बेला नियुक्त भएका हुन्।

रोयटर्सका अनुसार नोभेम्बरमा भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) ले प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा कम्पनीलाई जरिवाना गरेको थियो र मेटाको स्वामित्वमा रहेको लोकप्रिय मेसेजिङ एप व्हाट्सएपलाई अन्य मेटा एपहरूसँग प्रयोगकर्ताको डाटा विज्ञापन प्रयोजनका लागि बाँडफाँड गर्न पाँच वर्षका लागि रोक लगाएको थियो।

मेटाले सीसीआईको आदेशप्रति असहमति जनाउँदै यसले आफ्ना व्यवसायमा असर पार्ने चेतावनी दिएको थियो। तर यस वर्षको सुरुमा एक भारतीय न्यायाधिकरणले पाँच वर्षे डाटा बाँडफाँड प्रतिबन्धलाई अस्थायी रूपमा निलम्बन गरेपछि मेटाले ठूलो राहत पाएको थियो।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया