Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
इन्फिनिक्सले आफ्नो स्मार्ट १० सिरिज खन्तर्गत स्मार्ट १०, स्मार्ट १० प्लस र स्मार्ट १० एचडी – गरी तीन नयाँ डिभाइसहरू लन्च गरेको छ। इन्फिनिक्सले यी तीनओटै फोनहरूमा इन्ट्री–लेभल स्पेक्स, डीटीएस–ट्युन्ड लाउडस्पीकरहरू र धेरै आकर्षक रङ विकल्पहरू ल्याएको उल्लेख गरिएको छ।
तीनओटै फोनहरूमा एचडी+ रिजोल्युसन र ७०० निट्स पीक लोकल ब्राइटनेसको साथ ६.६७ इन्चको आईपीएस एलसीडीहरू समावेश गरिएका छन्। स्मार्ट १० एचडीमा ९० हर्ज रिफ्रेस रेट उपलब्ध छ भने स्मार्ट १० र स्मार्ट १० प्लस फोनहरूमा १२० हर्ज प्यानलहरू रहेका छन्। स्मार्ट १० ट्रियोले डीटीएस–ट्युनिङ र ३०० प्रतिशत भोल्युम मोडको साथ डुअल स्पिकरहरू पनि प्रदान गर्दछ।
इन्फिनिक्सको उक्त नयाँ तीनओटा डिभाइसहरुमा युनिसोक टी७२५० (उर्फ टी६१५) चिपसेटको साथ ८ जीबी र्याम र २५६ जीबी सम्मको इन्टर्नल स्टोरेज समावेश गरिएको छ। साथै तीन नयाँ डिभाइसहरुमा माइक्रो–एसडी स्लटहरू र हेडफोन ज्याकहरू पनि उपलब्ध रहेका छन्।
क्यामराको सन्दर्भमा, स्मार्ट १० र स्मार्ट १० प्लसले ८ मेगापिक्सेलको मुख्य क्यामराहरू र ८ मेगापिक्सेलको सेल्फी क्यामहरू समावेश गरेका छन्। त्यसैगरी स्मार्ट १० एचडीले १३ मेगापिक्सेलको मुख्य क्यामरासँगै एआई लेन्स र ८ मेगापिक्सेलको सेल्फी क्यामरा प्रदान गर्दछ।
स्मार्ट १० प्लसले १८ वाट चार्जिङको साथ ६,००० एमएएच सेल (ब्याट्री) समावेश गरेको छ भने स्मार्ट १० र स्मार्ट १० एचडीमा क्रमशः १५ वाट र १० वाट चार्जिङको साथ ५,००० एमएएच सेल (ब्याट्री) हरू समावेश गरिएका छन्। त्यसैगरी स्मार्ट १० र स्मार्ट १० प्लसले आईपी६४ इन्ग्रेस सुरक्षा पनि प्राप्त गरेका छन्।
सफ्टवेयरको कुरा गर्ने हो भने, स्मार्ट १० एचडीले एन्ड्रोइड १४ गोमा आधारित एक्सओएस १३ बुट गर्दछ भने स्मार्ट १० र स्मार्ट १० प्लसले एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५.१ प्राप्त गरेको उल्लेख गरिएको छ।
इन्फिनिक्स स्मार्ट १० प्लस स्लिक ब्ल्याक, टाइटेनियम सिल्भर, आइरिस ब्लू र रुबी रेड रङ्गहरूमा आउने बताइएको छ। यसको ४/१२८ जीबी ट्रिमको मूल्य ८२ अमेरिकी डलर र ८/१२८ जीबी संस्करणको लागि ९४ अमेरिकी डलर कायम गरिएको छ।
स्मार्ट १० स्लिक ब्ल्याक टाइटेनियम सिल्भर, आइरिस ब्लू र ट्वाइलाइट गोल्ड रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। यसको ३/६४ जीबी ट्रिमको लागि ७० अमेरिकी डलर मूल्य कायम गरिएको छ।
इन्फिनिक्स स्मार्ट १० एचडी टिम्बर ब्ल्याक, शाइनी गोल्ड, क्रिस्टल ग्रीन र ग्यालेक्सी ह्वाइट रङ्गहरूमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ असार २०८२, मंगलवार