Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
क्वालकमले इन्टरनेट वा फोन कनेक्सन (जडान) को आवश्यकता बिना काम गर्ने स्मार्ट ग्लासेसको नयाँ मोडेल प्रस्तुत गरेको छ।
“रेनियो एक्स३ प्रो स्मार्ट ग्लासेस” भनिने यी चश्माहरूमा स्न्यापड्रागन एआर१+ चिप समावेश गरिएका छन् जसले डिभाइसमा सिधै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसिङ सक्षम बनाउने उल्लेख गरिएको छ।
यो चिपले स्मार्ट ग्लासेसलाई इन्टरनेट वा फोन जस्ता बाह्य सेवाहरूबाट स्वतन्त्र बनाएको उल्लेख गरिएको छ। उदाहरणका लागि, तिनीहरूले फोन कनेक्सन (जडान) को आवश्यकता बिना नै खाना पकाउने विधिको सामग्रीहरूको बारेमा रियल–टाइम (वास्तविक–समय) मा जानकारी प्रदान गर्न सक्ने छन्।
यो विकास स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने साना, हल्का तौलका डिभाइसहरू सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको उल्लेख गरिएको छ।
यसबाहेक, स्न्यापड्रागन एआर१+ को आकार अघिल्लो पुस्ताहरू भन्दा २६ प्रतिशत सानो भएको बताइएको छ जसले पातलो र हल्का ग्लासेस (चश्माहरू) सिर्जना गर्न सक्षम बनाएको उल्लेख गरिएको छ।
यस प्रविधिले इन्टरनेट वा फोन जडानको आवश्यकता नपर्ने अन्य स्मार्ट डिभाइसहरूको विकासको लागि पनि अवसरहरूको ढोका खोल्न सक्ने सम्भावन रहेको उल्लेख गरिको छ।
क्वालकमको यो तरिकाले थप स्वतन्त्र, दैनिक जीवनमा बढी एकीकृत र कम तौल भएका डिभाइसहरू प्रदान गर्दै प्रविधिसँग अन्तक्र्रिया गर्ने तरिकामा परिवर्तन ल्याउन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ असार २०८२, मंगलवार