Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
नेपेक्स ट्राभल्सले हालै मात्र नेपाल भ्रमणका लागि अनलाइन भिसा सेवा सुरु गरेको छ। अब विदेशी पर्यटकहरूले नेपाल आउनु अघि नै अनलाइन आवेदन दिएर सरकारी शुल्क तिरेर केही घण्टामै भिसा स्वीकृति इमेलमार्फत प्राप्त गर्न सक्ने व्यवस्था भएको ट्राभल्सको भनाइ छ।
हालसम्म पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि मात्र फारम भर्ने, लाइन बस्ने र भुक्तानी गर्ने वा विदेशस्थित नेपाली नियोगहरुमा आफै उपस्थित हुने जस्तो झन्झटिलो प्रक्रिया अपनाउनु पर्ने भएकाले पहिलो पटक नेपाल भ्रमण गर्ने अधिकांश पर्यटकहरू यस प्रक्रियाबाट अलमलमा पर्ने गरेका थिए।
अब भने नेपेक्स ट्राभल्सद्वारा सुरु गरिएको अनलाइन प्रणालीमार्फत यात्रा गर्नु अघि नै भिसा आवेदन दिन सकिने, अनलाइनमार्फत नै सरकारी शुल्क भुक्तानी गर्न सकिने, स्वीकृत भिसा इमेलमा प्राप्त हुने र विमानस्थलमा झरेपछि भिसा लाइनमा नबसी सिधै इमिग्रेशन डेस्कमा जान सकिने सेवा सुरु भएको बताइएको छ।
यो सेवा सुरू भएपछि नेपालको पर्यटनमैत्री वातावरण अझ सहज, आधुनिक र विश्वसनीय हुने कम्पनीको विश्वास छ।
प्रकाशित: २ असार २०८२, सोमबार