Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर मात्र तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न सम्बन्धित सबैलाई आह्वान गरेको छ।
प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी सेलुलर/मोबाइल, माइक्रोवेब र स्याटेलाइट गरी ४ क्षेत्रका सेवाका लागि व्यवस्था गरिएका फ्रिक्वेन्सीहरू प्रयोग गर्नुअघि अनुमति लिन तथा तोकिएको रेन्जभन्दा बाहिर नजाने गरी प्रयोग गर्न सूचित गरेको हो ।
“दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० मा सेलुलर / मोबाईल सेवा, माइक्रोवेब सेवा र स्याटेलाइट सेवामा प्रयोग गर्नका लागि बाँडफाँट (Allocation) गरिएका फ्रिक्वेन्सी प्रयोग गर्नुपर्दा प्रयोगको अनुमति लिएर अनुमति प्राप्त रेन्जभित्र मात्र उपरोक्त फ्रिक्वेन्सीको प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।,” सूचनामा उल्लेख छ।
प्रकाशित: २ असार २०८२, सोमबार