Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
स्पेसएक्सका संस्थापक इलन मस्कले इरानी आणविक सुविधाहरूलाई लक्षित इजरायली आक्रमणहरू पछि इस्लामिक शासनले आफ्नो अनलाइन सेवाहरू प्रतिबन्धित गरेपछि इरानीहरूका लागि स्टारलिङ्क सक्रिय गरेको पुष्टि गरेका छन्।
स्टारलिङ्क स्पेसएक्सद्वारा सिर्जना गरिएको स्याटेलाइट कस्टिलेसनले विशेष गरी नियमित इन्टरनेट उपलब्ध नहुने ठाउँहरूमा आफ्नो इन्टरनेट सेवा प्रदान गर्दछ। साथै भूउपग्रहहरू पृथ्वीको नजिकबाट उड्ने र थोरै विलम्बताका साथ छिटो गतिमा इन्टरनेट प्रदान गर्न मद्दत गर्ने उल्लेख गरिएको छ।
“द बिम्स आर अन” भनि मस्कले एक्समा लेखेको उल्लेख गरिएको छ।
The beams are on
— Elon Musk (@elonmusk) June 14, 2025
इस्लामिक गणतन्त्रको सञ्चार मन्त्रालयले देशभर इन्टरनेट सेवामा अस्थायी प्रतिबन्ध र अवरोधहरूको घोषणा गरेपछि इरानमा स्टारलिङ्क सक्रिय गर्ने अर्बपतिको निर्णय आएको हो।
“देशको विशेष अवस्थालाई ध्यानमा राख्दै, देशको इन्टरनेटमा अस्थायी प्रतिबन्धहरू लगाइएको छ,” मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २ असार २०८२, सोमबार