फुजीफिल्म एक्स–एचएफ१ क्यामरा भारतमा लन्च, १३ फिल्म सिमुलेशन र नयाँ फिल्टरहरू समावेश

Technology Khabar २ असार २०८२, सोमबार

काठमाडौं ।

फुजीफिल्म इन्डियाले फुजीफिल्म एक्स–एचएफ१ डिजिटल क्यामरा लन्च गरेको छ। यसको मूल्य ७६,९९९ भारतीय रुपैयाँ कायम गरिएको छ भने अमेजन डट इनमा ६९,९९९ भारतीय रुपैयाँमा उपलब्ध रहेको बताइएको छ। क्यामरा कालो, चारकोल सिल्भर र सिल्भर रङ्गहरुमा आउने उल्लेख गरिएको छ।

एक्स–एचएफ१ को तौल २४० ग्राम रहेको छ भने यसमा ३ः४ आस्पेक्ट रेसियो रियर एलसीडी मनिटर समावेश गरिएको छ जुन भर्टिकल (ठाडो) फोटो र भिडियोहरूको लागि डिजाइन गरिएको जनाइएको छ।

यो क्यामरामा समावेश गरिएको अप्टिकल भ्यूफाइन्डरले परम्परागत फिल्म क्यामराको अनुभूति दिने उल्लेख गरिएको छ।

क्यामरामा उपलब्ध रहेको २–इन–१ मोडले प्रयोगकर्ताहरूलाई दुईओटा भर्टिकल फोटो वा भिडियोहरूलाई एउटै कम्पोजिसनमा कम्बाइन गर्न अनुमति  दिनेछ।

क्यामरामा वा एक्स हाफ मोबाइल एप मार्फत दुईओटा भर्टिकल फोटो वा भिडियोहरूलाई एउटै कम्पोजिसनमा कम्बाइन गर्न सकिने छ। साथै एपले विभाजन रेखा समायोजन गरेर वा ईमेज स्थितिहरू स्विच गरेर २–इन–१ ईमेजेजको सम्पादनलाई अनुमति दिनेछ।

एक्स–एचएफ१ मा १ इन्चको ब्याक–इलुमिनेटेड सेन्सर र ३२ एमएम एफ२.८ प्राइम लेन्स (३५ एमएम बराबर) रहेको छ। यस क्यामराले REALA ACE सहित १३ फिल्म सिमुलेशनहरूलाई समर्थन गर्दछ।

क्यामराले लाइट लिक, हेलेसन र एक्सपायर्ड फिल्म गरी तीन नयाँ फिल्टरहरू पनि प्रदान गर्दछ। प्रयोगकर्ताहरूले फिल्म–लाइक टेक्स्चरको लागि ग्रेन इफेक्ट पनि थप्न गर्न सक्नेछन्। यसबाहेक फोटोहरू र भिडियोहरूको तल दायाँ कुनामा मितिहरू थप्नका लागि डेट स्ट्याम्प विकल्प पनि उपलब्ध हुने बताइएको छ।

क्यामरामा फिल्म क्यामरा मोड पनि समावेश गरिएको छ। यस मोडमार्फत, प्रयोगकर्ताहरूले फिल्म सिमुलेशन चयन गर्ने र शटहरूको संख्या सेट गर्न सक्नेछन्।

साथै सबै शटहरू नलिएसम्म फोटोहरू हेर्न नसकिने उल्लेख गरिएको छ। प्रत्येक शट पछि, फ्रेम एडभान्स लिभर म्यानुअल रूपमा घुमाउनु पर्नेछ। रोल पूरा भएपछि, फोटोहरू एक्स हाफ एप प्रयोग गरेर विकास र सेयर गर्न सकिने गीज्मोचाइनाले उल्लेख गरिएको छ।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया