ओपनएआईले च्याटजीपीटीमा नयाँ “प्रो” एआई मोडेल थप्यो

Technology Khabar २ असार २०८२, सोमबार

काठमाडौं ।

ओपनएआईले द्रुत रूपमा नयाँ एआई मोडेलहरू रिलिज गर्न जारी राखेको छ। गत अप्रिलमा, कम्पनीले आफ्नो च्याटजीपीटी प्लेटफर्मको लागि ओ३ र ओ४–मिनी मोडेलहरू प्रस्तुत गरेको थियो।

साथै त्यसबेला ओ३ च्याटबटको लागि वाचा गरिएको “प्रो” मोडेल पनि अब उपलब्ध भएको छ।

ओपनएआईले आफ्नो एआई मोडेलहरूमा “प्रो” लेबल थप्दै गर्दा, यसले सुस्त गतिमा उत्तरहरू प्रदान गर्नका लागि डिजाइन गरिएको संस्करणलाई संकेत गर्दछ।

तर यसले राम्रो र अझ सटीक उत्तरहरू प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लागि सबैभन्दा नयाँ विकल्पले अझ सटीक तर अलि सुस्त गतिमा उत्तरहरू प्रदान गर्ने बताइएको छ।

“ओ३–प्रोलाई माग गर्ने प्रश्नहरूको लागि प्रयोग गरियोस्, जहाँ गति भन्दा बढी विश्वसनीयता महत्त्वपूर्ण छ, र अन्तमा केही मिनेट लामो पर्खनु यसको लायक हुनेछ भन्ने हामी सिफारिस गर्छौं”, ओपनएआईले उल्लेख गरेको छ।

च्याटजीपीटी सेवाहरूमा अवस्थित केही फङ्सनहरू भने ओ३–प्रोमा प्रयोग गर्न नसकिने जनाइएको छ। उदाहरणका लागि, फोटो जेनेरेसन र क्यानभास यसमा समर्थित नभएकोले प्रयोगकर्ताहरूले यिनीहरुका लागि अन्य टेम्प्लेटहरू प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

ओ३–प्रो मोडेल हाल च्याटजीपीटी प्रो र टीम प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ भने इन्टरप्राइज र एडु प्रयोगकर्ताहरूले अर्को हप्ता प्राप्त गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया