च्याटजीपीटीको भ्वाइसमा क्रान्तिकारी परिवर्तन, अब कुरा गर्दा साथीसँग कुरा गरे झैं महसुस हुने

  • Technology Khabar | २ असार २०८२, सोमबार
च्याटजीपीटीको भ्वाइसमा क्रान्तिकारी परिवर्तन, अब कुरा गर्दा साथीसँग कुरा गरे झैं महसुस हुने

काठमाडौं ।

ओपनएआईले च्याटजीपीटीको एडभान्स्ड भ्वाइस मोडमा ठूलो सुधार प्रस्तुत गरेको छ। अब एआई असिस्टेण्टसँग कुरा गर्दा वास्तविक साथीसँग कुरा गरेको जस्तै स्वाभाविक लाग्न सक्ने उल्लेख गरिएको छ।

यो नयाँ अपडेटले च्याटबोटका सशुल्क प्रयोगकर्ताहरूका लागि थप एक्सप्रेसिभ र ह्युम्यान स्पिच ल्याएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

असिस्टेण्टले अब थप सब्टल इन्टोनेसन (सूक्ष्म स्वर) प्रयोग गर्दै अझ रियलस्टिक स्पिच रिदम (यथार्थपरक बोली लय) र व्यंग्य वा सहानुभूति जस्ता इमोसनल इन्टोनेसन (भावनात्मक स्वर) पनि समावेश गरेको कम्पनीले बताएको छ। साथै, च्याटजीपीटी भ्वाइसको लागि एउटा नयाँ सुविधा ‘रियल–टाइम ट्रान्सलेसन’ पनि ल्याइएको छ।

अब अर्को देशमा यात्रा गर्दा यसमा अंग्रेजी बोल्न सकिने र यसले प्रयोगकर्ताहरूको शब्दहरूलाई उक्त अर्को देशको भाषामा अनुवाद गर्ने भएको छ। त्यसैगरी यसले प्रयोगकर्तासँग बोलिरहेको अर्को व्यक्तिलाई पनि सुन्ने र तिनीहरूका शब्दहरूलाई अंग्रेजीमा अनुवाद गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...