Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या २०८२ वैशाखमा उल्लेख्य रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २०८२ वैशाख महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या बढेको पाइएको हो।
यसअघि फागुनबाट चैतमा जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम १० अर्ब ६८ करोड बढे पनि कारोबार सङ्ख्या भने उल्लेख्य रुपमा अर्थात् ५९ लाख २७ हजार ५५१ ले घटेको थियो।
क्यूआरमार्फत् हुने कारोबार सङ्ख्या
चैतबाट वैशाख २०८२ मा जाँदा कारोबार सङ्ख्या २ करोड १० लाख ९५ हजार ६१४ बाट १ करोड २६ लाख ६१ हजार ५३२ बढेर समग्रमा ३ करोड ३७ लाख ५६ हजार ६९६ पुगेको छ।
क्यूआरमार्फत् हुने कारोबार रकम
क्यूआर कोडमार्फत् हुने कारोबार रकम चैत मसान्तसम्म ९० अर्ब ८८ करोड ५ अर्ब ३५ करोड २० लाख बढेर ९६ अर्ब २३ करोड २० लाख पुगेको छ।
प्रकाशित: २ असार २०८२, सोमबार