एप स्टोरको एआई सिर्जित ट्याग बीटा संस्करणमा उपलब्ध

Technology Khabar २ असार २०८२, सोमबार

काठमाडौं ।

एप्पलले आफ्नो एप स्टोरमा खोज क्षमतालाई सुधार गर्न प्रयोग गर्दै आएको एआई ट्यागिङ प्रविधि अब आईओएस २६ को डेभलपर बीटा संस्करणमा उपलब्ध भएको छ।

तर यी ट्यागहरू हालसम्म सार्वजनिक एप स्टोरमा देखिएका छैनन् भने तिनिहरुले सार्वजनिक स्टोरको सर्च एल्गोरिदमलाई प्रभाव पारिरहेका छन्।

सधैंझैं एप स्टोरमा हुने कुनै पनि परिवर्तनले एपहरूको सर्च र्याङ्किङमा कस्तो असर पार्ला भन्ने अड्कलबाजी चलिरहेको छ। उदाहरणका लागि एप इन्टेलिजेन्स कम्पनी एपफिगर्सले गरेको एक नयाँ विश्लेषणमा एपको स्क्रीनसटबाट निकालिएको मेटाडाटा खोज स्थानमा असर पारिरहेको बताइएको छ।

टेकक्रञ्चका अनुसार एपफिगर्सले एप्पलले स्क्रीनसटका क्याप्सनबाट टेक्स्ट निकालिरहेको अनुमान गरेको थियो। पहिले खोज परिणाममा प्रभाव पार्ने मापदण्डहरूमा एपको नाम, सबटाइटल र कीवर्ड सूची मात्रै समावेश हुने गर्थ्यो।

डब्लूडब्लूडीसी २५ एप्पलले दिएको जानकारीअनुसार स्क्रीनसटले एप डिस्कभरेबिलिटीमा असर पारिरहेको भन्ने निष्कर्ष सही हो तर एपफिगर्सले अड्कल गरेको जस्तै अप्टिकल क्यारेक्टर रिकग्निशन प्रविधि होइन। यो जानकारी एआई प्रविधिको प्रयोग गरी निकालिएको हो।

एप्पलले आफ्नो वार्षिक डेभलपर सम्मेलनमा एपको वर्णन, श्रेणी जानकारी, स्क्रीनसट वा अन्य मेटाडाटामा गाडिएको जानकारी एआई मार्फत निकालेर एपको खोजयोग्यता सुधार गर्न प्रयोग गरिने स्पष्ट पारेको थियो। यसको अर्थ, डेभलपरहरूले स्क्रीनसटमा जानाजान कीवर्ड राख्नुपर्ने वा ट्यागहरू प्रभावित गर्न कुनै विशेष कदम चाल्नुपर्ने छैन।

यस प्रणालीमार्फत एप्पलले एपहरूलाई उचित श्रेणीमा राख्न सक्ने ट्यागहरू निर्धारण गर्न सक्छ। अन्ततः डेभलपरहरूले आफ्ना एपहरूसँग सम्बन्धित हुने एआई-निर्धारित ट्यागहरूमा नियन्त्रण राख्न सक्ने एप्पलले बताएको छ।

साथै एप्पलले कुनै पनि ट्याग सार्वजनिक हुनु अघि मानवीय समीक्षा गरिने आश्वस्त पारेको छ।

यी ट्यागहरू विश्वभरका एप स्टोर प्रयोगकर्ताहरूको लागि सार्वजनिक भएपछि, कुन ट्यागले एप खोज्न सहयोग पुर्‍याउँछ भन्ने बुझ्नु डेभलपरहरूको लागि महत्वपूर्ण हुनेछ।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया