कारप्ले प्रयोगकर्ताहरूका लागि भिडियो स्ट्रिमिङलाई एप्पलले चाँडै नै अनुमति दिने

Technology Khabar २ असार २०८२, सोमबार

काठमाडौं ।

एप्पलले चाँडै नै कारप्ले प्रयोगकर्ताहरूका लागि भिडियोहरू हेर्न अनुमति दिने भएको छ। सडकमा सवारी साधनहरू चलाउँदा भिडियोहरू हेर्नाले ध्यान भंग हुने भएकाले कम्पनीले अहिलेसम्मका लागि इन्फोटेनमेन्ट स्क्रिनमा कारप्ले प्रयोग गर्दा युट्युब भिडियोहरू हेर्न नमिल्ने व्यवस्था कायम राख्दै आएको छ। यद्यपि, अब कम्पनीले चाँडै कारप्ले सुविधा सक्षम गर्ने प्रमाण फेला परेको म्याकरुमर्सले खुलासा गरेको छ।

यो सुविधा आफैंमा नयाँ भने होइन। केही एन्ड्रोइड–संचालित सवारी साधनहरू र टेस्लाले प्रयोगकर्ताहरूलाई चलचित्रहरूका साथै भिडियोहरू स्ट्रिम गर्न र पार्क गरिएको बेला खेलहरू खेल्न अनुमति दिँदै आएको छ। यसै क्रममा अब, एप्पलले पनि आगामी आईओएस २६ रोलआउटको साथ त्यस्तै गर्ने भएको छ। साथै कम्पनीले, कार पार्क गरिएको बेला मात्र भिडियो स्ट्रिमिङलाई अनुमति दिइने थप उल्लेख गरिएको छ।

यस सुविधालाई उपलब्ध गराउनका लागि केही समय लाग्ने सम्भावनाहरु रहेको उल्लेख गरिएको छ। सुरुवातकर्ताहरूको लागि, विकासकर्ताहरूले एयरप्ले भिडियोको साथ कारप्लेको लागि समर्थन थप्न आवश्यक पर्ने र केही कार निर्माताहरूले पछिको मितिमा मात्र सुविधा प्रस्तुत गर्न सक्ने उल्लेख गरिएको छ। त्यसका साथै तिनीहरूमध्ये केही नयाँ सुविधाहरूबाट सतर्क हुँदै गाडी स्थिर हुँदा मात्र भिडियोहरू प्ले गर्न सकिन्छ भन्ने कुरोको सुनिश्चित गर्न चाहेको उल्लेख गरिएको छ।

यो एकदमै सरल र सीधा सुविधा भएकोले यो सबै कारप्ले–सक्षम कारहरूमा ढिलो–चाँडो पुग्नेछ भनि एरिनाईभीले उल्लेख गरेको छ।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया