साइबर अपराधको कसूरमा टिकटकर रमा बस्नेत पक्राउ

Technology Khabar १ असार २०८२, आईतवार

साइबर अपराधको कसूरमा टिकटकर रमा बस्नेत पक्राउ
फोटोः रमा बस्नेतको टिकटकबाट स्क्रीनसट लिईएको।

काठमाडौं ।

साइबर अपराधको कसूरमा टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले बस्नेतलाई पक्राउ गरेको हो।

उनले टिकटकमार्फत नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या गरेको पाईएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्।

ब्यूरोले अनुसन्धानमा खोटाङ जिल्ला हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल भक्तपुर बस्ने वर्ष ३१ की रमा बस्नेतको संलग्नता खुल्न आएको उल्लेख गरेको छ।

उनी माथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी ब्यूरोबाट खटी गएको टोलीले आज असार १ गते भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशले दिन ३ (तीन) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया