सामसङको एक्जिनोस २६०० ग्यालेक्सी एस२६ सिरिजमा समावेश गरिने

Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

सामसङले आफ्नो एक्जिनोस २६०० मार्फत चिप प्रविधिको सीमालाई अगाडि बढाउन सक्दो प्रयास गरिरहेको छ र यो चिप अहिले ठूलो मात्रामा उत्पादनमा रहेको छ।

सन् २०२६ मा ग्यालेक्सी एस२६ सिरिजमा समावेश गरिने अपेक्षा गरिएको यो चिप पहिलो २एनएम स्मार्टफोन एसओसीको रूपमा ऐतिहासिक कोसेढुङ्गा सावित हुन सक्ने बताइएको छ।

दक्षिण कोरियाली टेक जायन्टले एक्जिनोस २६०० को प्रोटोटाइपको बृहत् उत्पादन सुरु गरेको छ। कम्पनीले आफ्नो “अत्याधुनिक” एसएफ२ २एनएम प्रोसेस मा निर्माण गरेको यस चिपलाई विश्वको पहिलो २एनएम स्मार्टफोन चिप बनाउने लक्ष्य राखेको छ।

दक्षिण कोरियाबाट आएको एक रिपोर्ट अनुसार, सन् २०२६ को फेब्रुअरी महिनाको वरिपरि लन्च हुने अपेक्षा गरिएको ग्यालेक्सी एस२६ र एस२६+ मा यो चिप समावेश गरिने तय गरिएको उल्लेख छ।

त्यसैगरी ग्यालेक्सी एस२६ अल्ट्रामा भने विगतका फ्ल्यागशिपहरूमा प्रयोग गरिएको कस्टम “फर ग्यालेक्सी” भेरियन्ट नभइ सम्भवतः मानक स्न्यापड्रागन ८ एलिट २ रहने बताइएको छ। यसले ग्यालेक्सी एस२४ सिरिजमा देखिए जस्तै सामसङको ढाँचालाई पछ्याएको र अल्ट्रा मोडेल स्न्यापड्रागन चिपसेटमा निर्भर रहेको उल्लेख गरिएको छ।

गीज्मोचाइनाका अनुसार एक्जिनोस २६०० को लागि केही बाधाहरू रहेको उल्लेख गरिएको छ। सामसङले आफ्नो एसएफ२ नोडको लागि ५० प्रतिशत उत्पादन दरको लक्ष्य राखेको बताइएको छ जुन यस अघि रिपोर्ट गरिएको ४० प्रतिशत भन्दा बढी हो। तर फुल–स्केल प्रोडक्सन (पूर्ण–स्तरीय उत्पादन) को लागि ६० प्रतिशत भन्दा माथि उत्पादनको आवश्यक पर्ने भए तापनि यो लक्ष्य सन् २०२५ को उत्तरार्धसम्ममा पनि पूरा हुने अपेक्षा गरिएको छैन।

गत वर्षको एक्जिनोस २५०० ले एसएफ३ नोडमा समान उत्पादन समस्याहरूको सामना गरेको र जसले गर्दा जुलाईको मध्यमा ग्यालेक्सी जेड फ्लिप ७ को डेब्यूमा ढिलाइ भएको थियो। साथै ठूलो–स्क्रिनसहितको ग्यालेक्सी जेड फोल्ड ७ मा स्न्यापड्रागन ८ एलिट प्रयोग गर्ने पुष्टि भएको छ।

त्यसैगरी एसएफ२ नोड एसएफ३ (एसएफ३पी) को पुनः ब्याज गरिएको संस्करण हो भन्ने अनुमानहरू गरिएका छन् जसले गर्दा उत्पादनमा सुधार भएन भने सम्भावित ढिलाइको बारेमा चिन्ता बढ्ने छ।

एक्जिनोस २६०० ले स्न्यापड्रागन ८ एलिट २ र मिडियाटेक डाइमेन्सिटी ९५०० जस्ता प्रतिद्वन्द्वीहरू विरुद्ध कसरी स्ट्याक गर्छ भन्ने बारेमा स्पष्टता छैन।

एक्जिनोस २५०० बेन्चमार्कमा पछाडि परेको बताइएको छ। त्यसैले सामसङको सिस्टम एलएसआई र फाउन्ड्री डिभिजनहरू २६०० ले प्रतिस्पर्धात्मक प्रदर्शन र दक्षता प्रदान गर्ने सुनिश्चित गर्न दबाबमा परेका छन्। तर यसको सफलताले सामसङको फाउन्ड्री महत्वाकांक्षालाई बलियो बनाउन र क्वालकममा निर्भरता कम गर्न सक्छ भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया