क्वालकम स्न्यापड्र्यागन ८ एलिट २ को बेन्चमार्क स्कोरको खुलासा

Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

एप्पलको आगामी ए१९ प्रो चिपबाट बेन्चमार्क पर्फमेन्सको सन्दर्भमा के अपेक्षा गर्ने भन्ने बारेको जानकारीको खुलासा भएको छ भने उक्त चिप आईफोन १७ प्रो र प्रो म्याक्समा समावेश गरिने वेइबोमार्फत डिजिटल च्याट स्टेशनले उल्लेख गरेको छ।

यसै क्रममा क्वालकम स्न्यापड्र्यागन ८ एलिट २ को स्कोर पनि सार्वजनिक भएको छ। गीकबेन्च ६ मा क्वालकमको अर्को फ्ल्यागशिप एसओसीले कथित रूपमा ४,००० भन्दा बढी सिङ्गल–कोर स्कोर र ११,००० भन्दा बढी मल्टि–कोर स्कोर प्राप्त गरेको उल्लेख गरिएको छ।

सन्दर्भको लागि, स्न्यापड्र्यागन ८ एलिटले सामान्यतया क्रमशः ३,१०० र ९,८०० को आसपास स्कोर प्राप्त गरेको (सटीक संख्याहरू स्पष्ट रूपमा डिभाइसमा निर्भर गर्दछ) जनाइएको छ। ए१९ प्रोले पनि सिङ्गल–कोर स्कोरतर्फ ४,००० स्कोर प्राप्त गर्नुपर्ने र मल्टिु–कोरमा भने एलिट २ ले उछिन्ने र केवल १०,००० को आसपास स्कोर प्राप्त गर्ने उल्लेख गरिएको छ।

आफ्नो पूर्ववर्तीको तुलनामा, एलिट २ ले सिङ्गल–कोर स्कोरमा लगभग २०–३० प्रतिशत र मल्टि–कोर स्कोरमा लगभग १०–१५ प्रतिशतले सुधार गर्ने उल्लेख गरिएको छ। स्न्यापड्र्यागन ८ एलिट २ सेप्टेम्बरको अन्त्यमा घोषणा गरिनेछ भने ए१९ प्रो सोही महिनामा आगामी आईफोनहरूमा लन्च हुने बलियो सम्भावनाको उल्लेख गरिएको छ। साथै मिडियाटेकले सोही महिनामा आफ्नो अर्को फ्ल्यागशिप एसओसी अनावरण गर्दैछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया