“सुपर कम्प्युटर इन्टेलिजेन्स” को लागि १५ अर्ब डलर लगानी गर्ने योजनामा मेटा

  • Technology Khabar | ३१ जेष्ठ २०८२, शनिबार
“सुपर कम्प्युटर इन्टेलिजेन्स” को लागि १५ अर्ब डलर लगानी गर्ने योजनामा मेटा

काठमाडौं ।

मेटाले “सुपर कम्प्युटर इन्टेलिजेन्स” प्राप्त गर्न १५ अर्ब डलर लगानी गर्ने योजना बनाइरहेको छ। यो एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) हो जसले सबै कार्यहरूमा मानव क्षमताहरूलाई पार गर्न सक्ने बताइएको छ।

कम्पनीले अलेक्जेन्डर वाङको नेतृत्वमा रहेको स्टार्टअप स्केल एआईको ४९ प्रतिशत शेयर प्राप्त गर्ने उल्लेख गरिएको छ।

यो लगानी मेटाभर्सको असफलता र ओपनएआईका साथै गुगल जस्ता प्रतिस्पर्धीहरूको प्रगति पछि आएको टेलिग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी स्केल एआईले एआई–आधारित प्रणालीहरू विकास गर्न अमेरिकी रक्षा विभागसँग पनि सम्झौता गरेको छ।

विज्ञहरूले यो कदमलाई मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा आफ्नो स्थान पुनः प्राप्त गर्ने प्रयासको रूपमा हेरेका छन्।

मेटाले भने यस सम्झौताको बारेमा अहिलेसम्म आधिकारिक बयान नदिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...