Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
हालै गरिएको एक अध्ययनले सन् २०२४ अप्रिल १ तारिखदेखि सन् २०२५ को मार्च ३१ तारिख सम्मको अवधिमा जेन जी पुस्ताका सदस्यहरूलाई आक्रमण गर्ने उद्देश्यले लोकप्रिय भिडियो गेमको रूपमा लुकेर मालिसियस (दुर्भावनापूर्ण) वा अनावश्यक फाइलहरू डाउनलोड गर्ने १ करोड ९० लाखभन्दा बढी प्रयासहरू रेकर्ड गरिएको खुलासा गरेको छ।
जीटीए, माइनक्राफ्ट र कल अफ ड्युटी सबैभन्दा धेरै दुरुपयोग गरिएका खेलहरू हुन्। साथै यसले ह्याकरहरूले आफ्नो लक्ष्यहरू पहिचान गर्न गेमिङ ट्रण्ड (प्रवृत्तिहरू) सक्रिय रूपमा पछ्याउने गरेको संकेत गर्दछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
क्यास्परस्काईको अनुसन्धान टोलीको विश्लेषणले विश्वव्यापी रूपमा ४००,००० भन्दा बढी प्रयोगकर्ताहरू यी आक्रमणहरूबाट प्रभावित भएको र सन् २०२५ को मार्च महिनामा मात्रै १,८४२,३७० आक्रमण प्रयासहरूको रेकर्ड गरिएको देखाएको छ।
जीटीए सबैभन्दा धेरै पटक लक्षित लक्ष्यहरू मध्ये एक भएको बताइएको छ जसमा ४.४ मिलियन भन्दा बढी आक्रमण प्रयासहरू गरिएका छन्। त्यसपछि माइनक्राफ्ट ४.१ मिलियन भन्दा बढी र कल अफ ड्युटी २.६ मिलियन भन्दा बढी प्रयासहरू भएका छन्।
यी आक्रमणहरूमा ट्रोजन र डाउनलोडर्सदेखि पासवर्डहरू चोर्ने र आक्रमणकारीहरूलाई प्रयोगकर्ता खाताहरूमा पहुँच दिने प्रोग्रामहरू सम्मका विभिन्न प्रकारहरू समावेश छन्।
भिडियो गेम खाताहरू र डिजिटल अब्जेक्टहरूको चोरी एक ठूलो घटना बनेको छ भने यो चोरी गरिएको कन्टेन्ट (सामग्री) को बिक्री अब डार्कनेटमा मात्र सीमित नहुने गरेको बताइएको छ।
धेरै भन्दा धेरै प्रस्तावहरू बन्द फोरमहरू र टेलिग्राम च्यानलहरूमा देखा पर्न थालेका छन् जसले गर्दा साइबर अपराध व्यापक रुपमा सबैको लागि पहुँचयोग्य बन्दै गएको उल्लेख गरिएको छ।
आफूलाई कसरी सुरक्षित राख्नेः
प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार