स्न्यापले सन् २०२६ मा पहिलो एआर ग्लासेस लन्च गर्ने घोषणा गर्यो

  • Technology Khabar | ३० जेष्ठ २०८२, शुक्रबार
स्न्यापले सन् २०२६ मा पहिलो एआर ग्लासेस लन्च गर्ने घोषणा गर्यो

काठमाडौं ।

स्न्याप इङ्कले “स्पेक्स” भनिने आफ्नो नयाँ अग्मेन्टेड रियालिटी (एआर) ग्लासेस सन् २०२६ मा पहिलो पटक सर्व साधारणको लागि उपलब्ध गराउने घोषणा गरेको छ।

क्यालिफोर्नियामा भएको एडब्ल्यूई २०२५ प्रविधि मेलामा सार्वजनिक यसको बारेमा घोषणा गरिएको र स्न्यापका सीईओ इभान स्पिगलले ग्लासेसलाई “विश्वको सबैभन्दा उन्नत पर्सनल कम्प्युटर” भनि बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।

“स्पेक्स” मा “पारदर्शी लेन्सहरू” हुनेछन् जसले वास्तविक संसारको माथि डिजिटल अनुभवहरूलाई ओभरले गर्नेछ भनि थप उल्लेख गरिएको छ।

स्न्यापले विगत ११ वर्षमा एआर ग्लासेसको विकास गर्न ३ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको छ।

कम्पनीले उन्नत आर्टिफिशियल इन्टेलिजेन्स एक्सपिरियन्स (कृत्रिम बुद्धिमत्ता अनुभवहरू) को लागि ओपनएआई, गुगल जेमिनी र निआन्टिकसँग नयाँ सहकार्यको पनि घोषणा गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...