सामसङद्वारा अन्य डिस्प्ले प्रविधिहरूका साथ २०,००० निट्स ब्राइटनेस भएको भीआर हेडसेट स्क्रीन प्रदर्शन

Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

सामसङले प्रोजेक्ट मुहान भनि डब गरिएको आफ्नो पहिलो मिक्स्ड–रियालिटी हेडसेट लन्च गर्ने तयारी गरिरहेको बेला कोरियाली टेक जायन्टले यस्ता हेडसेटहरूको लागि अत्याधुनिक ओएलईडीओएस प्यानल प्रदर्शन गरेको छ। हेडसेटहरूको यस्ता अत्याधुनिक ओएलईडीओएस प्यानल २०,००० निट्स ब्राइटनेस पुग्न सक्षम भएको जनाइएको छ।

ओएलईडीओएस प्यानलहरू पनि मानक ओएलईडी स्क्रिनहरू जस्तै हुने बताइएको छ। तर ब्याकप्लेनको लागि ग्लास वा प्लास्टिक सब्सट्रेट प्रयोग गर्नुको सट्टा ओएलईडीओएसले सिलिकन प्रयोग गर्दछ जसले हाईयर ब्राइटनेस, रिजोल्युसन र पिक्सेल डेनसिटीलाई अनुमति दिनेछ। यो प्रायः साना स्क्रिनहरूमा प्रयोग गरिन्छ भने सामसङले यसलाई ब्राइटनेस र भ्यूइङ्ग एङ्गलहरू अझ बढाउन माइक्रो लेन्स एरेसँग जोडेको उल्लेख छ।

यद्यपि, सामसङले आफ्नो एक्सआर हेडसेटको लागि  १.३–इन्च प्यानल प्रयोग गर्नेछ वा छैन भन्ने बारेमा थाहा नभएको बताइएको छ। साथै कम्पनीले ५,००० पीपीआई र १५,००० निट्स पीक ब्राइटनेस र १२० हर्ज भेरिएबल रिफ्रेस रेटको साथ आफ्नो फ्ल्यागशिप ओएलईडीओएस प्यानल प्रयोग गर्न सक्ने बलियो सम्भावना रहेको उल्लेख गरिएको छ।

अमेरिकामा आयोजित अग्मेन्टेड वल्र्ड एक्स्पो (एडब्ल्यूई) २०२५ मा, कम्पनीले धेरै अन्य अत्याधुनिक डिस्प्लेहरू जस्तैः– ह्वाईट ओएलईडीओएस प्यानल, दुई क्यूडी–ओएलईडी गेमिङ मनिटर, फ्लेक्सिबल गेमिङ ओएलईडी, १२.४ इन्च रोलेबल र फोल्डेबल प्यानल, मल्टि–फोल्डेबल ओएलईडी र माइक्रो–एलईडी स्ट्रेचेबल डिस्प्ले सार्वजनिक गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया