Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा “एक्सट्रयाक” इभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पोखरामा आगामी जेठ ३१ गते शनिवार आयोजना गर्ने भएको छ।
उक्त इभेन्टमा राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ।
ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राइड स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिप्स पनि प्राप्त गर्नेछन्।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” बिहान १० बजेबाट शुरु हुनेछ। यस इभेन्टमा सहभागिता जनाउन चहानेले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गर्न सकिने बताइएको छ। सहभागिताका लागि ईच्छुक राइडरहरुले चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ।
इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ।
उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सी.जी. हिरो मोटोकर्पले बजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटरसाइकलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाई छ।
प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार