Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
ह्वावेले आफ्नो प्रमुख पुरा ८० अल्ट्रा मोडेलसँगै नयाँ पुरा ८०, पुरा ८० प्रो र पुरा ८० प्रो+(प्लस) स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यी प्रिमियम डिभाइसहरूमा अत्याधुनिक क्यामरा हार्डवेयर र आकर्षक डिजाइन समावेश गरिएका छन्।
ह्वावे पुरा ८० प्रो सिरिजः
नयाँ पुरा ८० प्रो सिरिजमा १ इन्चको क्यामरा सेन्सर समावेश गरिएको छ। साथै दुबै मोडेलहरूमा एफ÷१.६–४ भेरिएबल एपर्चर र ओआईएस समर्थन भएको ५० मेगापिक्सेलको १ इन्चको आरवाईबीबी प्राथमिक सेन्सरको साथमा ४० मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स, ४ह अप्टिकल जुम र ओआईएस समर्थन भएको ४८ मेगापिक्सेलको आरवाईबीबी पेरिस्कोप टेलिफोटो शूटर, र एक मल्टीस्पेक्ट्रल सेन्सर समावेश गरिएका छन्। सेल्फी र भिडियो कलहरूको लागि, अगाडि १३ मेगापिक्सेलको शूटर उपलब्ध रहेको छ।
प्रो भेरियन्टहरूमा अग्लो ६.८–इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले समावेश गरिएको छ जसमा १.५के रिजोल्युसन, १२०हर्ज भेरिएबल रिफ्रेस रेट, पी३ वाइड कलर ग्यामट, र सुरक्षाको लागि सेकेण्ड जेन कुनलुन ग्लास (पुरा ८० प्रो+ मा टेम्पर्ड सेकेण्ड जेन बेसाल्ट) रहेको छ। ह्वावेको सम्पूर्ण पुरा ८० लाइनअप किरिन ९०२० एसओसीले सुसज्जित छन्। नियमित प्रो भेरियन्टले यसलाई १२ जीबी र्याम र १ टीबी सम्मको स्टोरेजसँग पेयर्ड गरेको छ। यसैबीच, पुरा ८० प्रो+ ले १ टीबी सम्मको स्टोरेजसहित १६ जीबीमा र्याम अपग्रेड गरेको जनाइएको छ।
दुबै भेरियन्टहरूमा ५,७०० एमएएचको ठूलो ब्याट्री प्याक समावेश गरिएको छ जसले १०० वाट वायर्ड फास्ट चार्जिङ, ८० वाट वायरलेस फास्ट चार्जिङका साथै १८ वाट रिभर्स वायर्ड र वायरलेस चार्जिङलाई समर्थन गर्दछ। अन्य उल्लेखनीय सुविधाहरूमा दुई–तर्फी बेइडो स्याटेलाइट मेसेजिङ, साइड माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर्स, ब्लुटुथ ५.२, एनएफसी, वाईफाई ७ र डुअल स्टेरियो स्पिकर प्रणालीमा ह्वावे हिस्टेन साउन्ड समावेश छन्।
ह्वावे पुरा ८०ः
बेस (आधार) भेरियन्टमा १ इन्चको सेन्सर नभए पनि यसमा एफ÷१.६–४ भेरियबल एपर्चर र ओआईएस समर्थन भएको ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ। यो क्यामरालाई १३ मेगापिक्सेल अल्ट्रा वाइड एङ्गल लेन्स, ५.५ह अप्टिकल जुम भएको १२ मेगापिक्सेल पेरिस्कोप टेलिफोटो शूटर र १.५ मेगापिक्सेल मल्टिस्पेक्ट्रल सेन्सरसँग पेयर्ड (जोडिएको) गरिएको छ। अगाडिको भागमा भने १३ मेगापिक्सेल सेल्फी शूटर समावेश गरिएको छ।
त्यसैगरी ह्वावे पुरा ८० मा एफएचडी+ रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, सेकेण्ड जेन कुनलुन ग्लास, र ३००० निट्स पीक ब्राइटनेस भएको सानो ६.६–इन्चको फ्ल्याट एलटीपीओ ओएलईडी स्क्रिन समावेश गरिएको छ। सानो फर्म फ्याक्टरको बावजुद, यसमा अझै पनि ६६ वाट वायर्ड फास्ट चार्जिङ, ५० वाट वायरलेस फास्ट चार्जिङ र ५ वाट रिभर्स वायर्ड चार्जिङ भएको ५,६००एमएएच ब्याट्री प्याक रहेको छ। अन्य उल्लेखनीय सुविधाहरूमा वाईफाई ७, ब्लुटुथ ५.२, स्टेरियो स्पिकरहरू, बेइडो स्याटेलाइट मेसेजिङ र एनएफसी समावेश छन्।
मूल्य निर्धारण र उपलब्धताः
ह्वावेले पुरा ८० लाई भेलभेट गोल्ड, ग्रिन, ह्वाइट र ब्ल्याक चार रङ्ग विकल्पहरूमा घोषणा गरेको छ। अर्कोतर्फ, पुरा ८० प्रो भने गोल्ड, ब्ल्याक र ह्वाइट भेरियन्टहरूमा उपलब्ध हुनेछन्। त्यसैगरी पुरा ८० प्रो+ रेड, ग्रिन, ब्ल्याक र ह्वाइट रङ्गमा खरिद गर्न सकिने बताइएको छ।
पुरा ८० प्रोको मूल्य विवरणः
पुरा ८० प्रो+ को मूल्य विवरणः
बेस (आधार) भेरियन्टको मूल्य भने अझै घोषणा गरिएको छैन। पुरा ८० प्रो सिरिजको बिक्री जुन १४ तारिखमा र अल्ट्राको बिक्री जुन २६ तारिखमा सुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार