Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
ह्वावेले आफ्नो अर्काे पुस्ताको पुरा ८० सिरिज लन्च गरेको छ। ह्वावेको पुरा ८० सिरिज अन्तर्गतको पुरा ८० अल्ट्राले अहिलेसम्मकै सबैभन्दा सक्षम सेटअप प्रदान गर्ने दाबी गरिएको छ। साथै ह्वावेको पुरा सिरिज ब्रान्डको पछिल्लो क्यामरा विकासको लागि ब्रिडिङ ग्राउण्ड (प्रजनन स्थल) बनेको छ भने यस वर्षको हेडलाइनिङ्ग फ्याक्टर दुई लेन्सहरूमा जोडिएको विशाल १/१.२८–इन्च पेरिस्कोप टेलिफोटो सेन्सर भएको बताइएको छ।
ह्वावेले दुई लेन्सहरू बीच परिवर्तन हुने जटिल गतिशील संयन्त्रलाई एकीकृत गर्न सफल भएको उल्लेख गरिएको छ। अब प्रयोगकर्ताहरूले दुई युनिटहरू बीच सेन्सर–शिफ्ट ओआईएस सहित ३.७x र ९.४x अप्टिकल जुम प्राप्त गर्ने भएका छन्।
यसबाट अब प्रभावकारी रुपमा ८३ एमएम बराबर फोकल लेन्थको साथ एफ/२.४ एपर्चरमा वा २१२ एमएम फोकल लेन्थको साथ एफ/३.६ एपर्चरमा शटहरू (तस्बिर) खिच्न सकिने छ।
पुरा ८० अल्ट्राले ५० मेगापिक्सेलको मुख्य शूटर पनि प्रदान गर्दछ जसमा १–इन्च टाइप आरवाईबीबी सेन्सर रहेका छ भने जसमा भेरिएबल एफ/१.६ – एफ/४.० एपर्चर र ओआईएस छन्। ह्वावेले मुख्य शटहरूले पुरा ७० अल्ट्राको तुलनात्मक रूपमा १५x हाइयर डाइनामिक रेञ्ज प्रदान गर्दछ।
वास्तवमा, मुख्य शूटरलाई १६ईभी डायनामिक रेञ्जको रुपमा मूल्याङ्कन गरिएको छ जुन स्मार्टफोनको लागि रेकर्ड उपलब्धि भएको बताइएको छ। यसले तस्बिरहरू र भिडियोमा लाईट (प्रकाश) र डार्क डिटेल्स (अँध्यारो विवरणहरू) को सुधारिएको प्रिजर्भेसनमा ट्रान्सलेसन गर्ने बताइएको छ।
पुरा ८० सिरिजले नेचर (प्रकृति), फिल्म, मुभि र कार्टुन प्रिसेटहरू सहितको फोटोग्राफिक शैली पनि प्राप्त गरेको छ। ह्वावेले भिडियोको लागि नयाँ रियल–टाइम फ्युजन प्रविधि विकास गरेको छ जसले हाइलाइट विवरणहरू सुरक्षित गर्दछ। पुरा ८० अल्ट्रामा ४० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स (१३एमएम) र १.५ मेगापिक्सेलको मल्टि–स्पेक्ट्रल कलर सेन्सर पनि रहेको छ।
त्यसैगरी पुरा ८० अल्ट्राले एफएचडी+ रिजोल्युसन र १–१२०हर्ज एड्याप्टिभ रिफ्रेस रेटको साथ क्वाड कर्भ्ड ६.८–इन्चको एलटीपीओ ओएलईडी समावेश गरेको छ। यो दोस्रो–जेन कुनलुन ग्लासद्वारा सुरक्षित गरिएको र ३,००० निट्ससम्मको लोकल ब्राइटनेस वोस्ट गर्दछ।
हेल्ममा रहेको चिपसेटको बारेमा कुनै जानकारी उपलब्ध नभएको हुनाले उक्त जानकारीको लागि टियरडाउन भिडियोहरूको लागि पर्खनु पर्ने उल्लेख गरिएको छ। पुरा ८० अल्ट्रामा स्ट्याण्डर्ड १६जीबी र्याम र ५१२जीबी वा १टीबी स्टोरेज रहेको बताइएको छ।
पुरा ८० सिरिजले हार्मोनीओएस ५.१ बुट गर्दछ भने अल्ट्रामा १०० वाट वायर्ड र ८० वाट वायरलेस चार्जिङको साथ ५,७०० एमएएच ब्याट्री समावेश गरिएको छ। साथै फोन आईपी ६८/६९ पानी र धुलो प्रतिरोधी भएको जनाइएको छ।
ह्वावे पुरा ८० अल्ट्रा कालो र सुनौलो रङ्गहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।
डिभाइस्को १६/५१२जीबी ट्रिमको लागि ९,९९९ चिनियाँ युआन (१,३९१ अमेरिकी डलर) मूल्य कायम गरिएको छ भने टप–टियर १६जीबी र १टीबी संस्करणको मूल्य १०,९९९ चिनियाँ युआन (१,५३० अमेरिकी डलर) मा जाने बताइएको छ। चीनका खरीददारहरूले बुधबारदेखि दुवै संस्करणहरू प्रि–अर्डर गर्न सक्नेछन् भने डिभाइसको पहिलो डेलिभरी जुन २६ तारिखमा सुरु हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार