एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा आईएमई हस्पिटालिटीका होटलहरूमा विशेष छुट

  • Technology Khabar | २८ जेष्ठ २०८२, बुधबार
एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा आईएमई हस्पिटालिटीका होटलहरूमा विशेष छुट

काठमाडौं ।

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटी बिच एससीटी-यूपीआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससीटी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्। रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार