गुगल एन्ड्रोइड १६ आउँदै

Technology Khabar २८ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

सबैको नजर नयाँ आईओएस २६ माथि हुँदै गर्दा गुगलले एन्ड्रोइड १६ को ‘फाइनल’ रिलीज आउने घोषणा गरेको छ। साथै ‘फाइनल’ को अर्थ “अन्तिम” नभएको र यो केवल बिटा अवधिको अन्त्य हो भनेर बुझ्नको लागि आग्रह गरिएको छ।

त्यसैगरी यो केवल समर्थित पिक्सेल फोनहरू (पिक्सेल ६–सिरिज र नयाँ) को लागि भएको बताइएको छ। डिभाइसहरूले एन्ड्रोइड १५ वा एन्ड्रोइड १६ बिटा चलाउन आवश्यक रहेको जनाइएको छ। साथै अन्य निर्माताहरूले आफ्नै बिटा रिलीजहरू सहित गुगललाई पछ्याएको हुनाले तिनीहरूले चाँडै नै अन्तिम अपडेटहरू तयार गर्नुपर्ने उल्लेख गरिएको छ।

एन्ड्रोइड १६ क्यूपीआर १ बिटा १ चलाउँदै गरेकाहरुले भने, ओभर–द–एयर अपडेटको रूपमा एन्ड्रोइड १६ फाइनल प्राप्त नगर्ने बताइएको छ।क्यूपीआर एक त्रैमासिक रिलीज हो र यो अपडेटले मटेरियल ३ एक्सप्रेसिव भनिने प्रमुख यूआई ओभरहाल प्रदान गर्नेछ। क्यूपीआर एक छुट्टै अपडेट ट्र्याक हो र हाल बिटा १.१ मा रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया