सामसङ ग्यालेक्सी जेड फोल्ड७ को विवरणहरू बाहिरियो

Technology Khabar २८ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

टेक जायन्ट सामसङले सन् २०२५ को जुलाई महिनामा आफ्नो अर्को पुस्ताको फोल्डेबल फोनहरू ‘ग्यालेक्सी जेड फोल्ड७’ र ‘ग्यालेक्सी जेड फ्लिप७’ आधिकारिक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

हाल सम्म उक्त फोल्डेबल फोनहरूको आधिकारिक लन्च मितिको बारेमा भने अझै पुष्टि भएको छैन। कम्पनीले डिजाइन र पर्फमेन्समा प्रमुख सुधारहरू हाइलाइट गर्ने केही “डाटा” सार्वजनिक गर्दै अपेक्षाहरू बढाउन थालेको उल्लेख गरिएको छ।

पछिल्लो “विवरणहरू” मा सामसङले पहिलेभन्दा थिनर (पातलो), लाइटर (हल्का) र बढी एडभान्स्ड (उन्नत) सिरिजको वाचा गरेका बताइएको छ भने नयाँ डिभाइसहरूलाई “अनब्रेकेबल” मार्केट (अटुट बजार) मा ‘पिनेकलअफ इनोभेसन’ (नवीनताको शिखर) भनेर उल्लेख गरेको छ।

यी विवरणहरू अघिल्ला रिपोर्टहरूसँग मिल्दोजुल्दो भएको र ग्यालेक्सी जेड फोल्ड७ ले प्रतिस्पर्धीहरूलाई पछाडि छोड्दै अहिलेसम्मको सबैभन्दा पातलो फोल्डेबल फोन हुने सुझाव दिएको छ।

रिफाइण्ड (परिष्कृत) डिजाइनको अतिरिक्त, सामसङले डिभाइसको सुधारिएको स्थायित्वलाई पनि हाइलाइट गरेको छ जसले प्रयोगकर्ताहरूको लागि सुरक्षित र अधिक स्थिर अनुभव प्रदान गर्ने जनाइएको छ।

यी नयाँ विकासहरूले ग्यालेक्सी जेड २०२५ सिरिजको आधिकारिक लन्चको प्रतिक्षामा रहेकाहरु माझ जिज्ञासा र उत्साह बढाएको छ। साथै यी फोल्डेबल फोनहरूले मोबाइल प्रविधिको संसारमा नयाँ मापदण्डहरू सेट गर्ने अपेक्षा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया