आईओएस २६ मा नयाँ लिक्विड ग्लास डिजाइन, अपडेट गरिएको भिजुअल इन्टेलिजेन्स र गेम्स एप

  • Technology Khabar | २७ जेष्ठ २०८२, मंगलवार
आईओएस २६ मा नयाँ लिक्विड ग्लास डिजाइन, अपडेट गरिएको भिजुअल इन्टेलिजेन्स र गेम्स एप

काठमाडौं ।

आईओएस २६ को घोषणासँगै यसले हालको मेमोरीमा आईओएसमा सबैभन्दा ठूलो ओभरहाल ल्याएको छ। साथै एप्पलको अपरेटिङ सिस्टमको पोर्टफोलियोको लागि थप एकीकृत नामकरण योजनासहित यो आईओएस १८ बाट सिधै आईओएस २६ मा गएको छ।

आईओएस २६ मा सबैभन्दा ठूलो नयाँ फिचर भनेको लिक्विड ग्लास हो जुन एप्पलको नयाँ युनिफाइड डिजाइन ल्याङ्गवेज (एकीकृत भाषा) हो। यो स्पष्टरूपमा भिजनओएसबाट प्रेरित भएको र यसले केही विशुद्ध डिजिटललाई प्राकृतिक र जीवन्त महसुस गराउने एप्पलले बताएको छ।

सम्पूर्ण यूआईमा क्रिस्टल–लाइक (जस्तो) डिजाइन इलिमेण्टस् (तत्वहरू) र थप डायनामिक टच रेस्पोन्स (गतिशील स्पर्श प्रतिक्रिया) रहेको छ।

लक स्क्रिनलाई लिक्विड ग्लासले अपडेट गरिएको र अब यो अझ बढी रेस्पोन्सिभ (उत्तरदायी) भएको छ। टाइम (समय) विजेटले तपाईंको फोटोहरूको विषय र इनकमिङ्ग नोटिफिकेसन्स (आगमन सूचनाहरू) को संख्यामा एडप्ट (अनुकूलन) गर्न सक्छ। एप्पलले नयाँ स्पासियल सिन्सहरू पनि थपेको छ जसले तपाईंको वालपेपरहरूमा थ्रीडी इफेक्ट (प्रभाव) ल्याउँदछ भने यसले केही निन्टेन्डो थ्रीडीएस भाइब्स पनि दिनेछ।

क्यामरा एपले पनि लिक्विड ग्लास रिडिजाइन प्राप्त गरेको छ। यूआई थप राउण्ड (गोलो) भएको र स्वाइपले सबै सेटिङहरू देखाउने छ। सबै फोटो र भिडियो गुणस्तर विकल्पहरू अब अन्ततः एकै ठाउँमा उपलब्ध हुने भएका छन्।

फोटोज एपलाई नयाँ भिजुअल आईडेण्टिटी (दृश्य पहिचान) को साथ अपडेट (अद्यावधिक) गरिएको छ र यसमा लाइब्रेरी (पुस्तकालय) र कलेक्सन (सङ्ग्रह) ट्याबहरू रहेका छन्। कुनै पनि २डी तस्बिरलाई थ्रीडी स्पासियल सिनमा रूपान्तरण गर्न सकिने छ।

सफारीले सानो र एडप्टेबल ट्याब बार ल्याएको छ जुन तपाईंले स्क्रोल गर्दा पेज (पृष्ठ) मा ब्लेण्ड हुन्छ र पृष्ठको थप भाग देख्न सकियोस् भनेर गतिशीलरूपमा संकुचित हुन्छ।

फेसटाइममा तपाईंको कन्ट्याक्टस् (सम्पर्कहरू) बाट पर्सनलाइज्ड कन्ट्याक्ट (व्यक्तिगत सम्पर्क) पोस्टरहरू र भिडियो म्यासेज (सन्देशहरू) सहितको नयाँ ल्यान्डिङ पेज (पृष्ठ) रहेको छ।

फोन एपमा फेभरेट (मनपर्ने) ट्याबका साथै सूचीबद्ध गरिएका हालसालैका र भ्वाइसमेल पनि प्राप्त गरेको छ। एप्पलले तपाईंको समय बचत गर्न मद्दत गर्न भ्वाइसमेल समरिज (सारांशहरू) ल्याइरहेको छ। कन्ट्याक्टस् (सम्पर्कहरू) र किप्याड अझै पनि तल पहुँचयोग्य हुनेछन्।

कल स्क्रिनिङले ब्याकग्राउण्ड (पृष्ठभूमि) मा अज्ञात नम्बरहरूबाट आउने स्पाम कलहरूसँग लड्नेछ। यदि तपाईंले अज्ञात नम्बरबाट कल प्राप्त गर्नुभयो भने, अर्को छेउको व्यक्तिले आफ्नो नाम र कल गर्नुको कारण प्रदान गरेपछि मात्र तपाईंको आईफोन बज्न थाल्नेछ।

होल्ड असिस्टले कम्पनीहरूसँग कल गर्दा तपाईंको स्पट (स्थान) सुरक्षित राख्न मद्दत गर्न सक्छ र तपाईं अर्को लाइनमा वास्तविक व्यक्तिमा पुग्दा तपाईंलाई सूचित गर्नेछ।

म्यासेजेजले च्याटहरूको लागि नयाँ ब्याकग्राउण्ड (पृष्ठभूमिहरू) प्राप्त गरेको छ र एआई–जेनेरेटेड गरिएकाहरू पनि प्रयोग गर्न सकिने छ। ग्रुप च्याटहरूले पोल्सहरू प्राप्त गरेको छ भने च्याट र टाइपिङ इण्डिकेटर्स भित्र एप्पल क्यास पनि रहेको उल्लेख छ। फोन एपको स्क्रिनिङ टुल्सहरूमा अन–डिभाइस स्पाम डिटेक्सन पनि रहेको छ।

लाइभ ट्रान्सलेसन एप्पलको परिमार्जित अनुवाद एप हो, जसलाई एप्पल इन्टेलिजेन्सले परिमार्जन गरेको छ। यो म्यासेज, फोन र फेसटाइम एपहरूमा एकीकृत गरिएको छ। प्रयोगकर्ताहरूले कलको समयमा यो सुविधा प्रयोग गर्न सक्छन् र फेसटाइम कलको समयमा अनुवादित क्याप्सनहरू पनि प्राप्त गर्न सक्ने छन्।

कारप्ले पनि लिक्विड ग्लास रिडिजाइनमा समावेश रहेको र यसले कारमा आफ्नो बाटो विस्तार गरेको छ। तपाईंले लाइट र डार्क मोडहरू र इनकमिङ (आगमन) कलहरू, म्यासेजेज (सन्देशहरू) र अन्य नोटिफिकेसन्स (सूचनाहरू)को लागि नयाँ कम्प्याक्ट अलर्टहरू प्राप्त गर्नुहुनेछ। एप्पलले कारप्ले यूआई र लाइभ एक्टिभिटिजहरूमा पनि विजेटहरू ल्याउने बताइएको छ जुन आईफोनहरूको लागि बनाइएका उही विजेटहरूले नयाँ कारप्लेमा काम गर्नेछन्।

एप्पलले गत महिना घोषणा गरिएको कारप्ले अल्ट्रा पनि प्रदर्शन गरेको छ। कारप्लेको यो संस्करणले स्पीडोमिटर सहित तपाईंको कारको सबै स्क्रिनहरू ओगट्ने छ र तपाईंको कारको रेडियो र क्लाइमेट कन्ट्रोल (जलवायु नियन्त्रणहरू) मा समायोजन जस्ता धेरै विस्तृत ट्वीकहरूको लागि अनुमति दिनेछ।

लिक्विड ग्लासको रिडिजाइन एप्पल सर्भिसहरूमा पनि आउने भएको छ। एप्पल म्युजिकले तपाईंको लक स्क्रिनमा लिरिक्स ट्रान्सलेसन (गीतको अनुवाद) र उच्चारणका साथै थ्रीडी एल्बम आर्टवर्क एनिमेसनहरू पनि प्राप्त गरेको छ। अटोमिक्सले गीतहरू बीचको उत्तम मिक्स (मिश्रण) र ट्रान्जिसनको लागि मद्दत गर्नेछ। म्युजिक पिनहरूले तपाईंलाई मनपर्ने गीतहरू, कलाकारहरू र विधाहरू पिन गर्न अनुमति दिनेछ।

एप्पलले आफ्नो नयाँ गेम एप पनि प्रस्तुत गरेको छ। यो गेमहरू खेल्न, नयाँ टाइटल्सहरू अन्वेषण गर्न र साथीहरूसँग जोडिनको लागि एक अल–इन–वन गन्तव्य भएको बताइएको छ। एपमा होम, आर्केड, प्ले टुगेदर र लाइब्रेरी ट्याबहरू रहेका छन्। गेम्समार्फत आगामी कार्यक्रमहरू, नयाँ अपडेटहरू फेला पार्ने र एपबाट सिधै आफ्नो मनपर्ने गेमहरूमा जान सकिने उल्लेख गरिएको छ।

आईओएस २६ मा भिजुअल इन्टेलिजेन्सले केही धेरै आवश्यक टुल्स (उपकरणहरू) प्राप्त गरेको छ। अब तपाईं आफ्नो डिभाइसको स्क्रिनमा गुगलको सर्कल टु सर्च जस्तै कुनै पनि चीज खोज्न सक्नुहुनेछ। एप्पलको विधिले केही थप चरणहरू लिने बताइएको छ। तपाईंले स्क्रिनसट लिएर त्यसपछि नयाँ आस्क टुल र ईमेज सर्च बटन देख्न सक्ने उल्लेख गरिएको छ। त्यस सर्च बटनबाट, तपाईंले खोज्न चाहनुभएको वस्तु हाइलाइट गर्न सक्ने र यो गुगल वा तपाईंले खोजी र किनमेल गर्न प्रयोग गर्ने कुनै पनि अन्य एपमा पप अप हुनेछ। भिजुअल इन्टेलिजेन्सले कार्यक्रम निमन्त्रणाबाट टेक्स्ट पनि एक्सट्य्राक्ट (निकाल्न) गर्न सक्ने र च्याटजीपीटी एकीकरणको सुविधा दिने उल्लेख गरिएको छ।

एप्पल म्याप्सले अब तपाईंको मनपर्ने मार्गहरू सिक्न सक्ने र तपाईंको यात्राहरू सुधार गर्न तपाईंको यात्राहरूमा अनुकूलन गर्नेछ। एप्पलले तपाईंलाई रेस्टुरेन्टहरू र तपाईंले हालसालै भ्रमण गर्नुभएको अन्य स्थानहरूको पुनः अनुभव गर्न मद्दत गर्नका लागि भिजिटेड प्लेसेस पनि ल्याउने भएको छ।

वालेट एपले विमानस्थलहरूको म्यापिङको साथ नयाँ बोर्डिङ पास इन्टरफेस प्राप्त गरेको छ। तपाईं आफ्नो उडान स्थिति र फाइण्ड माई ट्र्याकरहरू पनि साझा गर्न सक्नुहुनेछ।

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार