क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले अक्सफोर्ड आयोनिक्सलाई १.०८ अर्ब डलरमा खरिद गर्ने

  • Technology Khabar | २७ जेष्ठ २०८२, मंगलवार
क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले अक्सफोर्ड आयोनिक्सलाई १.०८ अर्ब डलरमा खरिद गर्ने
तस्बिर सौजन्य: जीएसएमएरिना

काठमाडौं ।

क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले बेलायतमा आधारित अक्सफोर्ड आयोनिक्स कम्पनीलाई १.०८ अर्ब डलरमा खरिद गर्ने भएको छ।

अमेरिकाको मेरिल्यान्डस्थित क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले सोमबार उक्त घोषणा गरेको हो। कम्पनीका अनुसार बेलायती क्वान्टम स्टार्टअप अक्सफोर्ड आयोनिक्सको अधिग्रहणपछि संस्थापकहरू क्रिस बेलान्स र टम हार्टी आयनक्यूसँगै रहनेछन्।

यसअघि मे महिनामा आयनक्यूले बोस्टनमा आधारित स्टार्टअप लाइटसिंक पनि अधिग्रहण गरेको थियो, जुन फोटोनिक इन्टरकनेक्ट र क्वान्टम मेमोरीमा विशेषज्ञता राख्दछ।

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया