काठमाडौं ।
जापानी वैज्ञानिकहरूले समुद्री पानीमा छिट्टै घुल्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन्। कुनै हानिकारक अवशेष नछोड्ने यी नयाँ प्रकारको प्लास्टिकले सम्भावित रूपमा समुद्री प्रदूषण कम गर्नमा सफलता प्रदान गर्ने जनाइएको छ। रिकेन (RIKEN) सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले परम्परागत पेट्रोलियम–आधारित प्लास्टिकको शक्ति भएको नयाँ प्लास्टिक सामग्री विकास गरेका छन् जुन नुनको सम्पर्कमा आउँदा आफ्नो मूल कम्पोनेण्टहरूमा टुक्रिने बताइएको छ।
“यो नयाँ प्लास्टिक सुप्रामोलेकुलर पोलिमर भनिने सामग्रीहरूमा विशेषज्ञको रूपमा तीन दशकदेखि गरिएको अग्रगामी कामको परिणति हो” भनि अनुसन्धानकर्ताहरूले उल्लेख गरे।
प्रोजेक्ट लिड ताकुजो आइडाले ‘उनको टोलीले सही अवस्थामा गैर–विषाक्त कम्पाउण्डहरू र एलिमेण्ट (तत्वहरू) मा छिटो टुक्रिन सक्ने राम्रो मेकानिकल शक्तिको साथ एक सुप्रामोलेकुलर म्याटेरियल (सामग्री) सिर्जना गर्ने कम्पाउण्डहरूको संयोजन पत्ता लगाउन खोजेको’ बताएका छन्।
कम्पाउण्डहरूको श्रृंखलाको अध्ययन पछि, अनुसन्धानकर्ताहरूले सोडियम हेक्सामेटाफोस्फेट (एक सामान्य खाद्य पदार्थ) र गुआनिडिनियम आयन–आधारित मोनोमरहरू (मल र सोयल कन्डिसनरहरूको लागि प्रयोग गरिने) को संयोजनमा सहमति जनाएको उल्लेख गरिएको छ।
“अणुहरूको जाँच गर्नु घाँसमा सियो खोज्नु जस्तै हुन सक्छ। तर हामीले सुरुमै संयोजन फेला पार्यौं, जसले हामीलाई ‘यो वास्तवमा काम गर्न सक्छ’ भनेर सोच्न बाध्य बनायो” आइडाले उल्लेख गर।
नयाँ पदार्थले छोड्ने नाइट्रोजन र फस्फोरस सूक्ष्मजीवहरूले पचाउन र बिरुवाहरूले अवशोषित गर्न सक्छन् भनि अनुसन्धानकर्ताहरूले खुलासा गरेका छन्। यो मानिसका लागि गैर–विषाक्त हुनुका साथै आगो प्रतिरोधी क्षमताहरू भएको र कार्बन डाइअक्साइड नछोड्ने उल्लेख गरिएको छ। यद्यपि, फाइदाहरूको बावजुद, सावधानीपूर्वक व्यवस्थापनको आवश्यक रहेको आइडाले चेतावनी दिए।
“यी तत्वहरूले माटोलाई समृद्ध बनाउन सक्छन्, तिनीहरूले कोस्टल इकोसिस्टम (तटीय पारिस्थितिक प्रणालीहरू) लाई पोषक तत्वहरूले भरिपूर्ण गर्न सक्छन्, जुन सम्पूर्ण इकोसिस्टम (पारिस्थितिक प्रणाली) लाई बाधा पु¥याउने आलगल ब्लुम्स (algal blooms) सँग सम्बन्धित छन्” भनि उनले थप उल्लेख गरको बताइएको छ।
माइक्रोप्लास्टिकको खतराः
माइक्रोप्लास्टिक, पाँच मिलिमिटरभन्दा सानो प्लास्टिकका टुक्राहरू मारियाना ट्रेन्चदेखि सगरमाथासम्म भेटिएका छन्। तिनीहरू मानव मस्तिष्क, प्लेसेन्टा र समुद्रको गहिराइमा रहेका माछाको पेटमा पनि भेटिएका छन्।
माइक्रोप्लास्टिक प्रदूषणले ग्रहमा रहेका सबै जीवनको स्वास्थ्य र कल्याणको लागि गम्भीर खतरा निम्त्याउने भएकाले वैज्ञानिकहरूले विश्वव्यापी आपतकाल घोषणा गर्न माग गरेका छन् भनि एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार