म्यानपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
म्यानपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य

काठमाडौं ।

वैदेशिक रोजगार विभागले वैदेशिक विकास सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्था (म्यानपावर कम्पनी) नवीकरणमा गुगल लोकेसन अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने प्रावधान लागु गरेको छ।

गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो।

विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको हो।

यसमा सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तोकिएको समयावधिमा नविकरण गरिसक्न भनेको छ।

यसका साथै, नवीकरण गर्दा आवश्यक पर्ने कागजातसँगै गुगल प्लस कोडसहित गुगल म्याप र सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण समेत निवेदन साथ पेस गर्न भनेको हो।

“साथै नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त Google Plus Code सहितको Update Google Map र मौजुदा सबै संचालक एवम् कार्यरत कर्मचारीहरुको विवरण समेत निवेदन साथ पेश गर्नु पर्ने
छ,” सूचनामा उल्लेख छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार