टिन्डरद्वारा नयाँ फिल्टरिङ विकल्प प्रस्तुत

Technology Khabar २६ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

लोकप्रिय डेटिङ एप टिन्डरले प्रयोगकर्ताहरूका लागि उचाइको आधारमा सम्भावित पार्टनरहरू फिल्टर गर्न अनुमति दिने नयाँ सुविधाको परीक्षण सुरु गरेको छ।

यो नयाँ विकल्प हाल गोल्ड वा प्रिमियम सदस्यता भएकाहरूका लागि मात्र उपलब्ध रहेको छ भने यसले अनलाइनमा मिश्रित प्रतिक्रियाहरू निम्त्याइरहेको जनाइएको छ।

यो विश्वव्यापी परीक्षण हो भनेर जोड दिँदै यो सुविधाको बारेमा कम्पनी आफैंले टेक मिडियामा पुष्टि गरेको उल्लेख छ। यसैबीच, नियमित सदस्यता भएका प्रयोगकर्ताहरूका लागि भने यो विकल्प उपलब्ध नहुने बताइएको छ जसले प्रयोगकर्ताहरूको साँघुरो समूहमा पहुँच सीमित गर्दछ।

जानकारी अनुसार, यो फिल्टरले स्थापित मापदण्डसँग मेल नखाने प्रोफाइलहरूलाई स्वचालित रूपमा ब्लक नगर्ने तर उचाइ प्राथमिकताको आधारमा र्याङ्किङ्ग (श्रेणीकरण) गरेर एप्लिकेसन भित्र सुझावहरू प्रदर्शन गर्ने तरिकालाई असर गर्ने उल्लेख गरिएको छ।

धेरै अनलाइन डेटिङ प्लेटफर्महरूले उमेर, स्थान, वा सम्बन्ध लक्ष्यहरू जस्ता प्राथमिकताहरू निर्दिष्ट गर्न विकल्पहरू प्रदान गर्ने भए तापनि, फिल्टरको रूपमा उचाइ थप्नुलाई केही प्रयोगकर्ताहरूबाट आलोचनाको सामना गर्नु परेको बताइएको छ र तिनीहरुले यो विकल्पलाई सतही र भेदभावपूर्ण डेटिङ मापदण्डहरूलाई सुदृढ पार्ने विचार व्यक्त गरेका छन्।

अर्कोतर्फ, यो सुविधालाई समर्थन गर्ने प्रयोगकर्ताहरू पनि रहेका छन् जसले भौतिक प्राथमिकताहरू डिजिटल डेटिङको आधुनिक संसारमा पार्टनर चयनको एक महत्त्वपूर्ण र वास्तविक भाग हो भनि तर्क गरेका छन्।

टिन्डरले यो सुविधा सबै प्रयोगकर्ताहरूका लागि कहिले उपलब्ध हुनेछ भन्ने बारेमा कुनै निश्चित समयसीमा दिएको छैन। यद्यपि, यसले निम्त्याएको विवादले डेटिङ प्रविधिमा शारीरिक प्राथमिकता र नैतिकता वरपरका मुद्दाहरू विवादास्पद भए पनि संवेदनशील नै रहेको देखाउँछ भनि टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया