Technology Khabar २६ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
वाचओएस अपरेटिङ सिस्टमको लागि निर्मित स्न्यापच्याट एपले पहिलो पटक एप्पलको स्मार्टवाच लाइनअपमा प्लेटफर्म ल्याएको छ। एक दशकभन्दा बढी समय अघि प्रस्तुत गरिएको एप्पल वाचमा यो एपको लागि भने लामो समयदेखि प्रतिक्षा गरिएको बताइएको छ।
एपले प्रयोगकर्ताहरूलाई किबोर्ड, फिङ्गर टाइपिङ, भ्वाइस डिक्टेसन, वा इमोजीहरू पठाएर नयाँ मेसेज (सन्देश) हरू हेर्न र प्रतिक्रिया दिन अनुमति दिने बताइएको छ। अहिलेसम्मका लागि, एप्पल वाच प्रयोगकर्ताहरूले आफ्नो आईफोन मार्फत स्न्यापच्याटबाट सूचनाहरू हेर्न सक्छन् र घडीबाटै प्रतिक्रिया दिने कुनै तरिका उपलब्ध छैनन्।
तपाईं रेस्टुरेन्टमा आइपुग्दा साथीलाई थाहा दिन वा तपाईं दौडिरहेको बेला द्रुत जवाफ पठाउने जस्ता कार्यहरुको लागि एप उपयोगी हुने स्न्यापच्याटले बताएको छ। कम्पनीका एक प्रतिनिधिले यात्रामा हुँदा कुराकानी जारी राख्न चाहने प्रयोगकर्ताहरूका लागि एप लक्षित गरिएको बताएका छन्।
एप्पल वाचमा मेसेज हेर्दा फोन वा वेबमा एपमा “रिड” (पढिएको) भनेर मार्क (चिन्ह) नलगाइँने घोषणा गरिएको र घडीमा सन्देशको पहिलो १०० अक्षरहरू मात्र प्रदर्शित हुने उल्लेख गरिएको छ। अहिलेको लागि, एपले फोटो वा भिडियो हेर्न अनुमति नदिने तर स्न्यापच्याटले आगामी वर्षहरूमा एक्सपिरियन्स (अनुभव) सुधार गर्ने योजना बनाएको उल्लेख छ।
एप्पल वाचको एक दशक पछि आए पनि, स्न्यापच्याटको वाचओएस एपले आफ्ना धेरै प्रतिद्वन्द्वीहरू भन्दा बढी सफलता देखेको उल्लेख छ। फेसबुक र व्हाट्सएपको वेयरेबल्सहरुका लागि एपहरू उपलब्ध छैनन्। फेसबुक मेसेन्जरमा पहिले उपलब्ध एउटा एपलाई पछि हटाइएको थियो।
यो नयाँ स्न्यापच्याट एप यस वर्षको डब्ल्यूडब्ल्यूडीसी सम्मेलनको ठीक अगाडि आएको छ। उक्त कार्यक्रममा एप्पलले आफ्नो अपरेटिङ सिस्टमको पूर्ण पुनः डिजाइन र नयाँ एप्पल इन्टेलिजेन्स आर्टिफिसियल इन्टेलिजेन्स सुविधाहरूको परिचय सहित प्रमुख घोषणाहरू गर्ने अपेक्षा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार