मेटाले स्केल एआई लगानीको बारेमा वार्ता गर्दै, लगानी १० अर्ब डलरभन्दा बढीको हुन सक्ने

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
मेटाले स्केल एआई लगानीको बारेमा वार्ता गर्दै, लगानी १० अर्ब डलरभन्दा बढीको हुन सक्ने

काठमाडौं ।

मेटा प्लेटफर्मले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप स्केल एआईमा लगानी गर्न वार्ता गरिरहेको ब्लूमबर्ग न्यूजले आइतबार रिपोर्ट गरेको छ। उक्त लगानी १० अर्ब डलरभन्दा बढी हुन सक्ने थप उल्लेख गरिएको छ।

सम्झौताका सर्तहरू अझै अन्तिम रूप नदिइएको र अझै पनि परिवर्तन हुन सक्छ भनि यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले उल्लेख गरेको छ।

सन् २०१६ मा स्थापित स्केल एआई टेक दिग्गजहरू एनभिडिया, अमेजन र मेटाद्वारा समर्थित डाटा लेबलिंग स्टार्टअप हो।

हालै लगभग १४ अर्ब डलर मूल्यमा आकलन गरिएको स्केल एआईले अनुसन्धानकर्ताहरूलाई एआई–सम्बन्धित जानकारी साझा गर्न प्लेटफर्म पनि प्रदान गर्ने गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार